प्रवास

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

इकागज | फागुन १३, २०७८
लन्‍डन- हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरकारका रक्षामन्त्री बेन वालेस र गृहमन्त्री प्रिती पटेलले लण्डनस्थित सेनाको मुख्यालयमा गैरबेलायती सैनिकको भेलामा उक्त घोषणा गरे...