कालीमाटी तरकारी बजारका सटरहरू बिनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न माग

इकागज | साउन ११, २०८०

काठमाडौँ- कालीमाटी तरकारी बजारका सटरहरू बिनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी बजार विकास समितिको कार्यालय धर्ना दिएका छन् ।

बजारका सटर र स्टलहरू खुल्ला प्रतिष्पर्धा मार्फत भाडामा लगाउनुपर्ने र बिनाप्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै किसान सञ्जालले धर्ना दिएका हुन् ।

सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलियत दरमा छुट्याउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि अघि सारेको छ भने किसान र उपभोक्ता हित विरोधी निर्णय खारेज गर्नुपर्ने लगायतका माग राख्दै विगत चार दिनदेखि निरन्तर समितिको कार्यालय धर्ना दिइएको अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापाले बताए ।

धर्ना कार्यक्रम समितिले गरेको निर्णय फिर्ता नगरेसम्म निरन्तर जारी रहने सञ्जालले जनाएको छ । यस्तै सञ्जालले लम्पी स्किन रोगबाट पशु क्षति भएको, पशु बीमाको रकम नपाएको, तरकारी उत्पादक किसानले उचित मूल्य नपाएको भन्दै थप देशव्यापी आन्दोलन सुरु गरेको समेत जनाएको छ ।

ओझेलमा ‘सेतो सुन’

इकागज | साउन ८, २०८०

झापा- विश्वबजारमा ‘सेतो सुन’का रूपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ व...

दार्चुलामा लम्पी स्किनबाट ११ सय पशुचौपायाको मृत्यु, ३३ हजार सङ्क्रमित

इकागज | साउन ७, २०८०

दार्चुला - लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय ६९ पशुचौपाया मरेका छन ।...