बैंक-वित्त

ग्लोबल आइएमई बैंकका ग्राहकलाई होटेल आइकावा इनमा १५ प्रतिशत छुट

इकागज | जेठ ३२, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र होटेल आइकावा इन प्रा.लि.बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई होटेल आइकावा इन प्रा.लि.का विभिन्न सेवामा विशेष छुट प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

उक्त समझदारी पत्रमा बैंकका बागमती प्रादेशिक कार्यालय प्रमुख रुपेन्द्र वाग्ले र होटेल आइकावा इन प्रा.लि.का अध्यक्ष घनश्याम शर्मा अर्यालले हस्ताक्षर गरेका छन् । 

समझदारीअनुसार बैंकको डेबिट, क्रेडिट कार्डबाहक तथा बैंकको मोबाइल बैंकिङ्ग ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोगकर्ताहरूले होटेल आइकावा इनले उपलब्ध गराउने सेवा तथा सुविधाहरूमा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने छन् । 

ग्राहक वर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरूसँग समन्वय गरी यस्ता किसिमका छुट दिने योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ । 

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंकको सेवाहरू अनलाइनबाटै प्रदान गर्ने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा

इकागज | जेठ ३०, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरू बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउ...

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रभु बैंक र सौराहाका १६ बढी होटल तथा रेष्टुरेन्टबीच छुट सम्झौता

इकागज | जेठ २७, २०८१

काठमाडौँ- प्रभु बैंकका कर्मचारी तथा ग्राहक वर्गहरूलाई भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै सौराहामा अव...

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी सम्झौता

इकागज | जेठ २४, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि.बीच विद्युतीय सवारी कर्जासम्बन्...

हार्नेस जिपलाइन र गेट वे हिमालय रिसोर्टको प्रभु बैंकसँग विशेष छुट सम्झौता

इकागज | जेठ २२, २०८१

कुश्मा- आन्तरिक तथा बाहृ पर्यटनको प्रशस्त सम्भावना बोकेको भिन्न भिन्न भाषा संस्कृति, भौगोलिक बनावट र ...

माछापुच्छ्रे बैंकद्वारा सल्यानको त्रिभुवन विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण

इकागज | जेठ २१, २०८१

काठमाडौँ- माछापुच्छ्रे बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्त्व अन्तर्गत कर्णाली प्रदेशको सल्यान जिल्लास्थित श...

ग्लोबल आइएमई बैंक 'इन्फोसिस फिनाकल प्रोसेस इनोभेसन' अवार्डद्वारा सम्मानित

इकागज | जेठ २१, २०८१

काठमाडाैँ - ग्लोबल आइएमई बैंक लिमिटेड इन्फोसिस फिनाकलको प्रोसेस इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको ...

साई डेण्टल क्लिनिकमा सिटिजन्स बैंकका ग्राहकले २० प्रतिशत छुट पाउने

इकागज | जेठ २१, २०८१

काठमाडौँ - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सा स्थित साई डेण्टल क्लिनिकबीच सिटिजन्स बै...