बैंक-वित्त

माछापुच्छ्रे बैंकले कर्जा सुविधामा छुट गर्ने

इकागज | भदौ १२, २०८१

काठमाडौँ- माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वको समयलाई लक्षित गरी एक महिनाको लागि कर्जा सुविधामा छुट गर्ने योजना सञ्‍चालनमा ल्याएको छ ।

तीज, दशैं, तिहार तथा छठ पर्वलाई लक्षित योजना अन्तर्गत माछापुच्छ्रे बैंक लिमिटेडले घर कर्जा लिने ग्राहकको लागि बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ । त्यस्तै सोही ग्राहक गाडी कर्जा लिन ईच्छुक भएमा बेस रेटमा ०.५% प्रिमियम ब्याजदरमा कर्जा उपलब्ध गराउनेछ साथै उक्त कर्जा लिने ग्राहकले क्रेडिट कार्ड लिन चाहेमा विशेष छुट समेत प्राप्त गर्नसक्ने बताइएको छ । 

त्यस्तै बैंकले १ करोडसम्मको साना तथा मझौला कर्जाको लागि बेस रेटमा १% प्रिमियम ब्याजदरमा उपलब्ध गराउनेछ  । यसका साथै उल्लेखित कर्जाहरुको सेवा शुल्कमा समेत विशेष सहुलियत प्रदान गर्ने बैंकले जनाएको छ । माथि उल्लेखित अफरहरू भाद्र ३१ सम्म लागु हुनेछन् ।

कुमारी बैंकका ग्राहकले दि ह्वाइट आर्क डेन्टल क्लिनिकबाट विशेष छुट पाउने

इकागज | भदौ ९, २०८१

काठमाडौँ- कुमारी बैंक लिमिटेड र बाँसबारी स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंकका ग्राहकहर...

ग्लोबल आइएमई बैंक र आध्यान्त फण्ड म्यानेजमेन्टबीच कर्जा प्रवाहसम्बन्धी सम्झौता

इकागज | भदौ ६, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र आध्यान्त फण्ड म्यानेजमेन्ट लिमिटेडबीच साना तथा मझौला कर्जाको क्षेत्र...

कामना सेवा विकास बैंकद्वारा प्रशान्ति टोल विकास संस्थालाई गमला हस्तान्तरण

इकागज | भदौ ५, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमक, झापामार्...

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मीको पदभार ग्रहण

इकागज | भदौ २, २०८१

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आइतब...

सिटिजन्स बैंकको 'पार्टनर फर प्रोग्रेस' भिडियो प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान

इकागज | भदौ २, २०८१

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले गत जेठ र असार महिनामा आयोजना गरेको पार्टनर फर प्रोग्...

सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने कामलाई बैंकिङ कसूर मान्‍नुपर्ने गभर्नर अधिकारीको सुझाव

इकागज | साउन ३२, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्पूर्ण बैंकिङ क्षेत्रलाई नकारात्मक असर पार्ने क...