बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकका सिइओ खनालले गरे पदभार ग्रहण

इकागज | जेठ १३, २०८१

काठमाडौँ- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा २९ को उपदफा (२) तथा बैंकको नियमावलीको नियम ३५ को उपनियम (३) को व्यवस्था बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्ति गरेको थियो ।

सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी कार्य गरिने पदभार ग्रहणपछि खनालले बताए ।

कुमारी बैंककाे फोन लोन सुविधा, क्यूआर मर्चेन्टहरूलाई बिनाधितो, छिटो-छिटो

इकागज | जेठ ७, २०८१

काठमाडौँ- सबैका लागि सधैंका लागि अनवरत डिजिटल बैंकिङ्ग प्रवर्द्धन गर्दै आधुनिक जीवनशैलीमा आधारित ...

कामना सेवा विकास बैंक र एफवान सफ्टबीच ग्राहकलक्षित विभिन्‍न समझदारी पत्रमा हस्ताक्षर

इकागज | जेठ ६, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंक र एफवान सफ्ट इन्टरनेशनल प्रा.लिले बैंकका ग्राहकहरूलाई लक्षित...

महिला सशक्तीकरणका लागि लक्ष्मी सन्‌राईज बैंकको 'शिक्षित लक्ष्मी' पहल

इकागज | जेठ ५, २०८१

काठमाडौँ- महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिँदै लक्ष्मी सन्‌राईज बैंकले 'शिक्षित ...

नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः ढुङ्गाना नियुक्त

इकागज | जेठ ३, २०८१

काठमाडौँ- नबिल बैंक लिमिटेडद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुङ्गानालाई दोस्र...