बैंक-वित्त

यी हुन् एक अर्बदेखि पाँच अर्ब कमाउने बैंक

इकागज | साउन २३, २०७९

काठमाडौँ- लगानीयोग्य वित्तीय स्रोतको अभाव भइरहेका बेला वाणिज्य बैंकहरूले भने मनग्य नाफा कमाएका छन् । विदेशी मुद्राको अभाव र आयातमा भएको कर्जा वृद्धिले बैंकहरू वित्तीय स्रोतको अभावमा छन् तर, गएको आर्थिक वर्षमा भने सबै बैंकहरूले उल्लेख्य नाफा कमाएका छन् ।

शनिबारसम्म २६ वटै वाणिज्य बैंकहरूले गएको आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अघिल्लो आर्थिक वर्षमा ६० अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएका बैंकहरूले गएको आर्थिक वर्षमा २३ दशमलव २७ प्रतिशतले नाफा बढाएका छन् । सबैभन्दा बढी नाफा राष्ट्रिय वाणिज्य बैंकको पाँच अर्ब २१ करोड रुपैयाँ छ ।

यसैगरी, ग्लोबल आईएमई बैंकले पाँच अर्ब २० करोड, नबिलले चार अर्ब ९७ करोड, एनआईसी एसियाले चार अर्ब ५२ करोड र नेपाल इन्भेष्टमेन्टले चार अर्ब आठ करोड रुपैयाँ नाफा गरेका छन् ।

सबैभन्दा कम नाफा सेञ्चुरी कमर्सियल बैंकको एक अर्ब ३५ करोड छ । सिभिल बैंकले एक अर्ब ३८ करोड, लक्ष्मी बैंकले एक अर्ब ६० करोड, नेपाल एसबीआई बैंकले एक अर्ब ६३ करोड र बैंक अफ काठमाडौंले एक अर्ब ८१ करोड नाफा रुपैयाँले गरेको छ । सेञ्चुरी र सिभिलको नाफा वृद्धिदर भने सबैभन्दा बढी छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा सेञ्चुरीको १६२ र सिभिलको ११५ प्रतिशतले नाफा बढेको छ । कृषि विकास, हिमालयन र सानिमा बैंकको नाफा भने घटेको छ । कृषि विकासको नाफा २६ प्रतिशतले घट्दा हिमालयनको १७ प्रतिशत तथा सानिमाको १ प्रतिशतले घटेको छ ।

मौद्रिक नीतिबाट व्यवसायी तथा बैंकर्सहरू निराश हुनुपर्दैनः डेपुटी गभर्नर मिश्र

इकागज | साउन २२, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मौद्रिक नीतिपछि उद्योगी व्यवसायी तथा ...

अर्थतन्त्रमा विदेशी मुद्रा सञ्चिति दबाब : कार्डबाटै बाहिरियो ६१ लाख ३३ हजार डलर

कमल धिताल | साउन १९, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले २०७७ को चैतदेखि खुला गरेको डलर कार्ड भुक्तानीमार्फत हालसम्म ६१ लाख ३३ हज...

एनआईसी एशियाले तीन खातावाललाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाख भुक्तानी गर्‍यो

इकागज | असार २४, २०७९

काठमाडौँ- एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेका तीन जना ग्राहक...

राष्ट्र बैंकले सेयर कर्जामा नियन्त्रण गर्न हुँदैन : अध्यक्ष मैनाली

इकागज | असार २२, २०७९

काठमाडौँ- स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनालीले मौद्रिक नीतिमार्फत सेयर कर्जा नियन्त्रण न...

भारतीय पाँच सय र दुई हजारको नोट प्रचलनमा आउने व्यवस्था गर्न निजी क्षेत्रको सुझाव

इकागज | असार २१, २०७९

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी मौद्रिक नीति निर्यातलाई प्रवर्द्धन गरी व्यवस्थ...

राष्ट्र बैंकलाई निजी क्षेत्रको सुझाव : बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति आउनुपर्छ

इकागज | असार २१, २०७९

काठमाडौँ- आगामी मौद्रिक नीतिमा आत्मनिर्भर अर्थतन्त्र बनाउनको लागि बैंकिङ सहजता बनाउने गरी मौद्रिक नीति ल्...