बैंक-वित्त

विदेशी मुद्रा सञ्‍चिति २.२ प्रतिशतले कमी

इकागज | कात्तिक ४, २०७९

काठमाडौँ- सरकारले आयातमा कडाइ गरेपनि विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार २ महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति घटेको देखिएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्त्यसम्ममा कुल १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर विदेशी विनिमय सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आउँदा थप २.२ प्रतिशतले कमी आई ११ खर्ब ८९ अर्ब १६ करोड रुपैयाँमा झरेको छ । 

सरकारले विदेशी मुद्रा सञ्चिति घटेको भन्दै सरकारले हाल ३ सय अमेरिकी डलरमाथिका मोबाइल, कार, जिप, भ्यान, १ सय ५० सिसी माथिका मोटरसाइकल तथा विदेशी तयारी मदिराको आयातमा प्रतिबन्ध यथावत छ ।

यस्तै आ.व २०७९/८० को सुरुवाती २ महिनामा अमेरिकी डलर सञ्चिति २ प्रतिशत घटेको छ । गत आवको अन्त्यसम्ममा ९ अर्ब ५४ करोड डलर रहेको सञ्चिति भदौ मसान्तसम्म ९ अर्ब ३५ करोड कायम भएको छ । हाल कुल विदेशी विनिमय सञ्चिति मध्ये नेपाल राष्ट्र बैंकमा १० खर्ब ५१ अर्ब ५३ करोड छ भने बैंक तथा वित्तीय संस्था (राष्ट्र बैँकबाहेक) सँग १ खर्ब ३७ अर्ब ६३ करोड कायम भएको छ । भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।

असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब रुपैयाँ बराबर विदेशी मुद्रा सञ्चिति थियो । सञ्चिति घटेपछि सरकारले वैशाख १४ देखि १० प्रकारका वस्तु आयात प्रतिबन्ध गरेको थियो । प्रतिबन्धलाई खुकुलो गर्दै भदौ १४ देखि ६ प्रकारका वस्तु आयात खुलाइएको थियो । यी ४ प्रकारका वस्तुको आयात प्रतिबन्ध मंसिर मसान्तसम्मका लागि कायम गरिएको छ ।

समस्याग्रस्त सहकारीमा बचत गर्नेको पैसा धमाधम फिर्ता गरिँदै

इकागज | असोज १३, २०७९

काठमाडौँ- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले माग दावी गर्ने बचतकर्तालाई धमाधम पैसा फिर्ता ग...

बैंकले निक्षेपमा १३/१४ प्रतिशत ब्याज दिने नीति लिँदा उत्पादन क्षेत्रलाई बाधा : अर्थमन्त्री

इकागज | असोज ६, २०७९

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर नीति लिँदा उत्पादन क्ष...

पैसाले भन्छ: मलाई अहिले जतन गर, म तिमीलाई भविष्यमा खुसी दिन्छु

विनोद अधिकारी | असोज ५, २०७९

महाभारतमा कुबेरको एउटा कथा छ। उनलाई धनी मानिस भनेर चिनिन्छ। अहिले पनि सम्पन्न मानिसलाई प्रतीकात्मक अ...