बैंक-वित्त

बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्रीको आग्रह

इकागज | पुस ७, २०७९

बुटवल- गृहमन्त्री बालकृष्ण खाणले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन आग्रह गरेका छन् । उनले ब्याजदर नघटाए सरकारले नीतिगत हस्तक्षेप गर्ने चेतावनीसमेत दिएका छन् । 

बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्‍घाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे । 'ब्याजदर नघटाए सरकार नीतिगत हस्तक्षेप गर्न बाध्य हुन्छ,' उनले भने । 

उद्योग क्षेत्र थला पर्दा त्यसको असर बैंक तथा वित्तीय क्षेत्रमा समेत पर्ने भन्दै गृहमन्त्री खाणले यसतर्फ संवेदनशील बन्न आग्रह गरे । 'बैंक तथा वित्तीय क्षेत्र माथि उठ्नका लागि पनि उद्योग क्षेत्रको विकास हुनुपर्छ । यसका लागि ब्याजदर घटाउनु जरुरी छ,' उनले भने । 

कोभिडपछि कमजोर बनेका उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरका कारण झनै कमजोर बनेको गृहमन्त्रीको टिप्पणी छ । उनले उद्योगी व्यवसायीहरुको संरक्षण र संवर्द्धन सरकार तथा सबै जनप्रतिनिधिहरुको साझा दायित्व भएको समेत बताए । 'सरकार एउटा पक्ष र उद्योगी व्यवसायी अर्को पक्ष होइनन्, समस्या समाधान गर्ने सबैको साझा दायित्व हो,' उनले भने ।

अब छिटै नयाँ सरकार बन्ने भन्दै उनले अवको सरकारको पहिलो प्राथमिकता र दायित्व आर्थिक गतिशीलता हुने बताए । उद्योगको विकास र अर्थतन्त्रलाई माथि उकास्ने काममा आगामी सरकार लाग्ने पनि उनले विश्वास व्यक्त गरे । बुटवलमा आयोजित प्रदर्शनीले उद्योगीलाई नयाँ ऊर्जा र शक्ति प्रदान गरेको पनि बताए ।
 

विभिन्न ३६ प्रकारका वस्तु निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

इकागज | पुस ३, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यस...

सहकारीको समस्यालाई हाउगुजीको रुपमा प्रस्तुत गरियो : मन्त्री श्रेष्ठ

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारीको समस्यालाई हाउगुजीको ...

शोधनान्तर बचत उकालोतर्फ, ४ महिनामा ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो

इकागज | मंसिर २९, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले प्रकाशित  गरेको तथ्यांकअनुसार बाह्य सूचकमा केही सुधार देखिएको...

वाणिज्य बैंकले चैतदेखि स्प्रेडदर चार दशमलव दुई प्रतिशत कायम गर्नुपर्ने

इकागज | मंसिर २८, २०७९

काठमाडौँ - नेपाल राष्ट्र बैंकले आगामी चैतसम्ममा बैंक तथा वित्तीय संस्थाको औसत ब्याजदर अन्तर (स्प्रेडदर) घट...

बैंकको ब्याजदरविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा उद्योगी-व्यवसायी

बाबुराम भण्डारी | मंसिर २६, २०७९

विराटनगर- प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्यो...