बैंक-वित्त

माछापुच्छ्रे बैंकको नयाँ शाखा सिम्ले बजारमा

इकागज | असार १७, २०७९

काठमाडौं– माछापुच्छ्रे बैंकले बाग्मती प्रदेशको धादिङस्थित सिम्लेमा नयाँ शाखा संचालनमा ल्याएको छ । 

बैंकले आज शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ शाखा उद्घाटन गरेको हो । १६५ औ उक्त शाखा कार्यालयको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय महासंघका महासचिव विश्वप्रकाश अर्याल, थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य  एंव  माछापुच्छ्रे बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बैंकका नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालज्यूको पनि उपस्थिति थियो । योसँगै धादिङमा मात्रै बैंकका चार शाखा सञ्चालनमा छन्  ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

अर्थतन्त्रमा तत्काल श्रीलंकाको जस्तो परिस्थिति आउँदैन : पूर्वगभर्नर क्षेत्री

इकागज | असार १७, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलंकाको ज...

राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति अपेक्षाकृत हुँदैन : पूर्वगभर्नर क्षेत्री

इकागज | असार १७, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नी...

असर्फीको मूल्य बढ्यो

इकागज | असार ९, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन ...

नबिल र एनबी बैंकबीचको मर्जरलाई अर्को सातासम्म स्वीकृति दिने तयारी

इकागज | असार ३, २०७९

काठमाडौँ- नबिल बैंक र नेपाल-बंगलादेश (एनबी) बैंकबीचको मर्जरलाई नेपाल राष्ट्र बैंकले सम्भवतः अर्को साता...

चालू आवको ११ महिनामा मधेश प्रदेश सरकारको करिब ३४ प्रतिशत बजेट मात्र खर्च

सुभाष कर्ण | असार २, २०७९

जनकपुरधाम - चालू आर्थिक वर्ष २०७७/०७८ को तेश्रो चौमाकिसकको अन्तिम जेठ मसान्तसम्म मधेश प्रदेश सरकारले मात्...

२१ बैंक तथा वित्तीय संस्था गाभिएर नेपालकै ठूलो बैंक बन्‍यो ग्लोबल आइएमई

इकागज | असार २, २०७९

काठमाडौँ- नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंक...