बैंक-वित्त

विदेशी मुद्रा सञ्चिति झण्डै २१ खर्ब रुपैयाँ पुग्यो

इकागज | असोज १०, २०८१

काठमाण्डाैँ – नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा विदेशी मुद्रा सञ्चिति २ दशमलव ५ प्रतिशतले बढेकाे छ । असार मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियाे ।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १५ अर्ब ५८ करोड पुगेको छ । असार मसान्तसम्म १५ अर्ब २७ करोड डलर थियो । यसले १६ महिना ७ दिनको वस्तु आयात र १३ महिना ५ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

यस्तै चालू आर्थिक वर्षको पहिलो महिनामा कुल आन्तरिक कर्जा शून्य दशमलव ८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा कर्जा २ दशमलवले ३ प्रतिशतले घटेको थियो ।

यस्तै साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ४३ अर्ब ४५ करोड रुपैयाँ अर्थात् शून्य दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको साउनमा निक्षेप १ खर्ब ३३ अर्ब २४ करोड अर्थात् २ दशमलव ३ प्रतिशतले घटेको थियो ।

युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

इकागज | असोज ९, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अन...

ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

इकागज | असोज ५, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई प्रत्येक शनिबार बिग मार्टमा आफू...

नेपाल इन्स्ट्याण्ट मार्फत निःशुल्क फण्ड ट्रान्स्फरको मज्जा लिन सकिने

इकागज | असोज ५, २०८१

काठमाडौँ- नेपालीहरूको महान पर्व वडा दसैँलाई लक्षित तथा डिजिटल कारोबारलाई प्रबद्र्धन गर्न मोबाइल नम्बरको ...

आजको विदेशी मुद्रा विनिमय : अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो

इकागज | असोज ४, २०८१

काठमाडौँ- बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छभने युरो र पाउण्ड स्ट्रलिङक...

इसेवाको दसैँ-तिहार चाडपर्व अफर : जुनसुकै कारोबार गर्दा नयाँ कार जित्ने मौका

इकागज | असोज १, २०८१

काठमाडौँ- नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले यसपालिको दसैँ–तिहार छठ ...

सिटी एक्सप्रेसको दशैं–तिहार योजना: ‘१८ औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौं गुणा’

इकागज | भदौ ३१, २०८१

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीहरुको महान चाड–२०८१ सालको दशैँ, तिहार र छठ्ल...