बैंक-वित्त

प्रभु बैंक र २४ घण्टा खुल्ला रहने रेष्टुरेन्टबीच विशेष छुट सम्झौता

इकागज | असार २३, २०८१

काठमाडौँ- प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल नजिकै अवस्थित Thakali and Multi Cusinie / Saino Tandoori & Sekuwa Corner ले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

एक समारोहका बीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकका कर्मचारीहरू तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रेष्टुरेन्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

दैनिक लाखौँको संख्यामा स्वदेशी तथा विदेशी मानिसहरूको आवत जावत हुने स्थान हो विमानस्थल,जहाँ मानिसहरू आफन्तलाई लिन र पुर्याउनका लागि आउने जाने गर्दछन् । यस्तै कामको चटारोमा मानिसहरू खाना तथा खाजा समेत नखाई कुद्ने गर्दछन् यिनै मानिसहरू र स्वादका पारखीका लागि मध्यनजर गर्दै Thakali and Multi Cusinie / Saino Tandoori & Sekuwa Corner ले एयरपोर्टको मुख्य द्धारको पूर्वपट्टिको लाइनमा आफ्नो २४ घण्टे सेवा संचालनमा ल्याएको छ ।

सो अनुसार यहाँ आउने जो कोहीले पनि Thakali and Multi Cusinie थकाली खाना को स्वाद लिन सक्नेछन् भने Saino Tandoori & Sekuwa Corner मा नान, तन्दुरी, सेकुवा जस्ता परिकारहरू चौबिसै घण्टा पाइने छ । साथै यथस्ट सशुल्क पार्किङ्ग को पनि व्यवस्था रहेको छ ।

ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ।

साथै, लण्डनस्थित दि फाइनान्सियल टाईम्सले बैंक अफ दि ईयर-२०२३ बाट सम्मानित प्रभु बैंक, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जा प्रवाहसम्बन्धी समझदारी

इकागज | असार २१, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रा.लि. तथा प्यासिफिक डेभलपर्स प्रा.लि. बीच ह...

तीस दिनभित्र दोहोरो पद छोड्न सहकारीका सञ्चालकलाई विभागको निर्देशन

इकागज | असार १९, २०८१

काठमाडौँ - सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने भन्द...

ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

इकागज | असार १६, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्र...

प्रभु बैंक र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच छुट सम्झौता

इकागज | असार ११, २०८१

काठमाडौँ- प्रभु बैंकका कर्मचारीहरूलाई लक्षित गर्दै हरिसिद्धि, ललितपुरमा अवस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड...

मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउँछौँ : गभर्नर अधिकारी

इकागज | असार ११, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुद्रास्फीतिका आधारमा मौद्रिक नीति ल्याउने...

समग्र अर्थतन्त्रको हित हुने गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

इकागज | असार १०, २०८१

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०८१/८२ का लागि सरकारले ल्याएको बज...