बैंक-वित्त

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई सम्मानित

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैङ्कले आफ्नो ६९ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा  रेमिटेन्स कम्पनीहरू मध्येबाट सबैभन्दा बढी २७ दशमलव ५ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा  आइएमईलाई सम्मानित गरेको हो ।

राष्ट्र बैङ्कमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरे ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व,सामाजिक आर्थिक सुधार लगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैकले उल्लेख गरेको छ ।

प्रशंसा पत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकहरूलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधि सहितको रेमिटेन्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताएका छन् ।

नेपाल राष्ट्र बैङ्कले आफ्नो वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिटेन्स भित्र्याउने बैङ्क तथा रेमिटेन्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ ।

 


 

सानिमा बैंकद्वारा सानिमा सुपर सेभिङ खाता अन्तर्गत १० लाखको दुर्घटना बीमा रकम हस्तान्तरण

इकागज | बैशाख १४, २०८१

काठमाडौँ- सानिमा बैंकले सानिमा सुपर सेभिङ खाता अन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी रकम हस्तान्तरण...

लक्ष्मी सनराइज बैंकको काठमाडौँ उपत्यकाभित्र २ वटा शाखा स्थानान्तरण

इकागज | बैशाख १३, २०८१

काठमाडौँ- लक्ष्मी सनराइज बैंकले काठमाडौँ उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ । ...

सिद्धार्थ बैंकद्वारा पृथ्वी दिवसमा विभिन्न कार्यक्रम आयोजना

इकागज | बैशाख ११, २०८१

काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले वैशाख १० गते पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघा...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्स...

ग्लोबल आइएमई र आइएमई ट्राभल्सबीच सहकार्य : बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजारमै विदेश भ्रमण गर्न पाउने

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडि...