ब्रान्‍ड

रियलमीको जिटी ६ टि नेपालमा उपलब्ध

इकागज | साउन १०, २०८१

काठमाडौँ- सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित रियलमी जिटी ६ टि (realme GT 6T) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

रियलमी जिटी ६ टि मा क्वाल्कम स्न्यापड्रागन सेभेन जेन थ्रि चिपसेट, १२० हर्जको रिफ्रेस रेट, ५५०० एम.ए.एच को ब्याट्री र १२० वाटको सुपरभोक चार्जर जस्ता मुख्य फिचरहरू रहेका छन् । यसबारे बोल्दै रियलमीको भारत र नेपालको हेड अफ स्ट्राटिजी मुनिस गिरीले भने, 'नेपालमा रियलमी जिटी ६ टि ल्याउन पाउँदा हामी निकै उत्साहित छौं । यो फ्ल्यागशिप स्मार्टफोनले हाम्रा प्रयोगकर्तालाई अत्याधुनिक प्रविधि र उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिएको छ । हामी विश्वस्त छौँ कि रियलमी जिटी ६ टि ले स्मार्टफोन उद्योगमा नयाँ बेन्चमार्क सेट गर्नेछ ।'

स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरको असाधारण प्रदर्शन

रियलमी जिटी टि ६ टि नेक्ट जेनेरेसन  स्न्यापड्रागन सेभेन जेन थ्रि प्रोसेसरद्वारा संचालित छ । गेमरहरू, कन्टेन्ट क्रियटर तथा अन्य प्रयोगकर्ताहरूका लागि पनि रियलमी जिटी ६ टि उपयुक्त रोजाई हो । 

६००० निटको शानदार हाइपर डिस्प्ले

६.७८ इन्चको स्क्रीन  मा  ६००० निटको फ्लाग्शिप  हाइपर  डिस्प्ले भएको  यो रियलमी जिटी ६ टि जतिसुकै   उज्यालो घाममा पनि सहजै प्रयोग गर्न सकिनेछ । त्यस्तै  —२७८०८१२६४ को रिजोलुसन र १२० हर्जको रिफ्रेस रेटको साथमा प्रयोगकर्ताले उत्कृष्ट अनुभव प्राप्त गर्न सक्नेछन् । 

फास्ट चार्जिङ र हेभी ब्याट्री

रियलमी जिटी ६ टि मा १२० वाटको सुपरभुक फास्ट चार्जर टाइप सि पोर्टको साथमा उपलब्ध हुन्छ । साथै ५५०० एमएएचको हेभी ब्याट्रीको साथ प्रयोगकर्ताले लामो समयसम्म यस स्मार्टफोनको प्रयोग गर्न सक्नेछन् ।  

उन्नत क्यामरा सिस्टम

रियलमी जिटी टि ६ मा ५० मेगापिक्सेलको सोनी एलवाइटी ६०० को प्राथमिक क्यामेरा र ८ मेगापिक्सेलको वाइड लेन्स उपलब्ध छ । साथमा ३२ मेगापिक्सेलको आइएमएक्स ६१५ को फ्रन्ट क्यामेरा र ६० एमपिएसमा ४ के भिडियो पनि जिटी टि ६ को क्यामरा समावेश रहेको छ । साथै रियलमी जिटि सिक्स टिमा भएको सोनी ओआइएस्को ५० एमपिको क्यामराले उत्कृष्ट फोटो तथा भिडियो लिन प्रयोगकर्ताहरूलाई सहज हुनेछ भने यसको एआइ फ्रेम स्टेबिलाइजेसन टेक्नोलोजी २.० ले स्मूथ र क्लियर भिडियो लिन सक्छ । यसको क्यामरामा भएको फ्ल्यागशिप लेभलको हाइपर टोन इमेज एन्जिनले स्मार्टफोन फोटोग्राफिलाई नयाँँ उचाइ प्रदान गर्छ । ५५०० एमएएचको शक्तिशाली ब्याट्रि भएकोले ८ घण्टासम्म निरन्तर गेम खेल्न सकिन्छ ।

कनेक्टिविटी र नेभिगेशन

रियलमी जिटी टि ६ ले ५ जि+ ५ जिको डुअल मोड उपलब्ध रहेको छ । साथै वाइफाइ ६, ब्लुटुथ ५.४, एनएफसी सहित जिपिएस, ग्यालिलियो, बाइडु जस्ता न्याभिगेसन सिस्टम पनि उपलब्ध रहेको छ ।  

स्लीक डिजाइन र उत्कृष्ट अडियो

१६२ एमएमको लम्बाइ, ७५.१ एमएमको चौडाइ र ८.६५ एमएमको गहिराइले यस स्मार्टफोनको डिजाइन उत्कृष्ट बनाएको छ । १९१ ग्रामको तौल रहेको रियलमी जिटी टि ६ ह्यान्डल गर्न निकै सहज छ । साथमा यसमा रहेको डुअल माइक नोइज क्यान्सिलेसनले आकर्षक अडियो अनुभव प्रदान गर्दछ । 

रियलमी युआइ ५.० को साथमा पृथक अनुभव

रियलमी जिटी टि ६ एन्ड्रोइड १४ मा आधारित रियलमी युआइ ५.० मा चल्दछ जसले जसले प्रयोगकर्तालाई आवश्यक अपसन छान्ने सुविधा र र उन्नत गोपनीयताका सुविधाहरू प्रदान गर्दछ । 

मूल्य र उपलब्धता

रियलमी जिटी ६ टि १२ + ५१२  जिबी भेरियन्टमा फ्लुइड सिल्भर र रेजर ग्रीन रंगमा उपलब्ध छ जसको मूल्य रु ६५,९९९ रहेको छ । रियलमी जिटी ६ टि साउन ९ देखि नेपालभरका सबै आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुनेछ ।

कामना सेवा राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्डबाट सम्मानित

इकागज | साउन ६, २०८१

काठमाडौँ- कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट ...

मास्टरशेफ शाहको रेसिपीमा टु पिएम भेज र चिकेन मसला करी चाउचाउ बजारमा

इकागज | साउन ३, २०८१

काठमाडौँ- साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्...

विश्वको पहिलो 'डुअल स्क्रिन' भएको ल्यापटप सार्वजनिक, यस्ता छन् फाइदा

इकागज | असार २४, २०८१

काठमाडौँ- सिंगल स्क्रिन ल्यापटप नेपाल, भारत लगायत विश्वभर नै प्रयोग हुने गरेको भए पनि अब डुअल स्क्रिन भए...

सामसङले निर्माण गर्‍यो थप कुशल कम्प्युटिङमा प्रयोग हुने एआई चिप पूर्वाधार

इकागज | असार ११, २०८१

काठमाडौँ- सामसङ इलेक्ट्रोनिक्सले मंगलबार कृत्रिम बुद्धिमत्ता (एआई) कम्प्युटिङका ​​लागि छिटो र अधिक कुशल च...

अत्याधुनिक गेमिङ प्रविधि र आकर्षक साइबर मेका डिजाइनसहित इन्फिनिक्स जीटी२०प्रो नेपाली बजारमा

इकागज | असार १०, २०८१

काठमाडौँ- नेपाल, २४ जुन २०२४: मोबाइल इनोभेसनलाई पुनःपरिभाषित गर्ने प्रतिष्ठित ब्रान्ड इन्फिनिक्सले आफ्नो ...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र युएईको अल् जजिराबीच रेमिट्यान्स कारोबार सुरु

इकागज | असार ६, २०८१

काठमाडौँ - युएईको ख्यातिप्राप्त  अल् जजिरा एक्सचेन्ज  र सिटी एक्सप्रेस मनी ट्रान्सफर बीच रेमिट्यान्...