कर्पोरेट

बेनेलीको एक्सक्लुसीभ शोरुम पोखरामा

इकागज | मंसिर १९, २०७९

काठमाडौंँ-  बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेडले आज पोखराको नयाँबजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ । बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने  तयारी समेत गरेको छ।

अहिले नेपालमा बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । पोखरामा नयाँ शोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ, जसमा ५० वर्ग फुट स्पेयर पार्ट्स र १५०० वर्ग फुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ ।

यो शोरुममा घक् सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुनेछन् । पोखरामा नयाँ शोरुम खोलेर बेनेलीले आफ्ना ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने जनाएको छ ।

बेनेलीले नयाँ शोरुमको उद्घघाटनको उपलक्ष्यमा रु. ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन रु. ४० हजार, न्यूनतम डाउन पेमेन्ट रु. ६० हजार , र ५०% डाउन पेमेन्टको साथ फाइनान्सिङमा ०% ब्याजदर प्रदान गर्नेे भएको छ । साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५०% छुट र लुब्रिकेन्टमा १५% छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । 

बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरु निर्माण गर्दछ जुन बलियो र स्पोर्टी दुवै छ । यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसी देखि ७५० सीसीसम्मको प्रकारमा उपलब्ध छन् र यी बाइकको मूल्यहरू रु. २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजारसम्म पर्ने कम्पनीले जनाएको छ । 

हेर्नुहोस् मूल्य :

S.NO.

MODEL

SEGMENT

DISPLACEMENT

MRP

1.

TNT 135

Naked

135 cc

2,74,900/-

2.

TNT 15

Commuter

150 cc

2,64,900/-

3.

PANAREA 125

Scooter

125 cc

3,34,900/-

4.

TNT 150i

Commuter

150 cc

3,79,900/-

5.

180s

Naked

180 cc

4,54,900/-

6.

180s Neon

Naked

180 cc

4,64,900/-

7.

302s

Naked

300 cc

10,49,900/-

8.

302s Neon

Naked

300 cc

10,74,900/-

9.

TRK 251

Touring

250 cc

8,24,900/-

10.

600i

Racing

600 cc

23,58,000/-

11.

752s

Naked

750 cc

25,15,000/-

 

 

भारतको एक्जिम बैंकको ‘व्यापार सहायता कार्यक्रम’ मा सदस्यता पाउने नबिल बन्यो पहिलो बैँक

इकागज | मंसिर १९, २०७९

काठमाडौँ- नबिल बैंकले एक्सपोर्ट–इम्पोर्ट बैंक अफ इन्डिया (एक्जिम बैंक) को नयाँ व्यापार सहजीकर...

विद्युतीय सवारी साधन भित्र्याउन एमएडब्लू वृद्धि र ओमेगाले सहकार्य गर्ने

इकागज | मंसिर १९, २०७९

काठमाडौं- नेपालको प्रमुख अटोमोबाइल वितरक एमएडब्लू वृद्धी कमर्सियल भेहिकल प्रा.लि. नेपालमा थ्री-ह्वीलर ईभ...

भिभोको पाँचौं वार्षिकोत्सवमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल आयोजना

इकागज | मंसिर १८, २०७९

काठमाडौं- भिभो स्मार्टफोन ब्रान्डले आज नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ । विगत पाँच वर्षदखि ब...

हाम्रो पात्रो रेमिटले पहिलो वर्षमै भित्र्यायो १ अर्ब ५० करोड रेमिट्यान्स

इकागज | मंसिर १८, २०७९

काठमाडौँ- नेपालको लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको धेरै मध्येका एक विशेषता “हाम्रो पात्रो रेमिट...