कर्पोरेट

कनेक्ट आइपिएसले ल्यायो 'विन्टर अफर'

इकागज | मंसिर १, २०७९

काठमाडौँ-  कनेक्ट आइपिएसले बैंक खातामा आधारित भुक्तानीहरूलाई थप प्रोत्साहन गर्न ‘विन्टर अफर’ ल्याएको छ ।  उक्त अफर अन्तर्गत मङ्सिर १ गते देखि माघ २९ गते सम्म प्रयोगकर्ताहरूले कनेक्ट आइपिएसमा रजिष्टर गर्दा तथा भुक्तानी गर्दा विभिन्न फाइदाहरू प्राप्त गर्न सक्नेछन् ।  

बैंकका ग्राहकहरूले कनेक्ट आइपिएसमा नयाँ युजर बनाउँदा आफ्नो रजिष्टर गरिएको मोबाइल नम्बरमा रु २५ को रिचार्ज प्राप्त गर्न सक्नेछन् भने नयाँ युजरले पहिलो पटल मोबाइल रिचार्ज वा बिजुलीको बिल भुक्तानी गर्दा खातामै रु २५ क्यासब्याक पनि प्राप्त गर्न सक्नेछन् ।

त्यसै गरी कनेक्ट आइपिएस प्रयोगकर्ताले इन्टरनेटको बिल भुक्तानी गर्दा रु १०० क्यासब्याक प्राप्त गर्नेछन् भने हरेक महिना ५ भाग्यशाली विजेताले निःशुल्क वार्षिक सब्सक्रिप्सन(अधिकतम रु १५,००० सम्म) समेत प्राप्त गर्न सक्नेछन् ।    

बैंकका ग्राहकहरूले कनेक्ट आइपिएस मोबाइल एप डाउनलोड गरी वा कनेक्ट आइपिएस डटकममा गई नयाँ युजर बनाउन सक्नेछन् र एक पटकको भेरीफिकेसन पश्चात एक वा सो भन्दा बढी बैंक खाता लिन्क गरी अन्लाईन सेल्फ भेरिफाइ   वा सम्बन्धित बैंक वित्तीय संस्था मार्फत एक पटक भेरीफाइ गराउनु पर्ने कम्पनीले जनाएको छ।

कनेक्ट आइपिएस बैंकका ग्राहकहरूका लागि एकै प्लाटफर्म मार्फत एक भन्दा बढी खाता लिन्क गरी फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानीहरू गर्नका निम्ती एक सजिलो माध्यम हो । कनेक्ट आइपिएसको वेब मार्फत प्रति कारोबार रु २० लाख सम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख सम्मको भुक्तानी गर्न सकिन्छ । यस मार्फत मोबाइल रिचार्ज, बिजुलीको बिल, टेलिफोनको बिल, इन्टरनेटको बिल, स्कुल फी, हायर पर्चेज, सरकारी राजस्व, लोकसेवा,  ट्राफिक फाइन, शेयर कारोबार लगायतका थुप्रै प्रकारका भुक्तानीहरू गर्न सकिन्छ ।  
 

स्मार्ट चोइस टेक्नोलोजिजको ओम्नी च्यानल सोलुशन- 'फास्ट बैंकिङ्ग' सार्वजनिक

इकागज | मंसिर १, २०७९

काठमाडौँ - नेपाली बैंकिङ्ग जगतमा मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा खड्किएका समस्याहरूलाई समा...

'बिगर स्क्रिन, बिगर ड्रिम' वर्ल्ड कप स्किम सहित स्काइवर्थको क्युएलइडी प्लस टीभी बजारमा

इकागज | मंसिर १, २०७९

काठमाडौँ- हाइ एन्ड ग्लोबल टीभी ब्रान्ड र बिग स्क्रिन आर्टिफिसियल इन्टेलिजेन्स अफ थिङ्स (एआइओटि) को पाय...

आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस' ब्राण्ड अन्तर्गतको खाद्यान्न तेल सार्वजनिक

इकागज | मंसिर १, २०७९

काठमाडौँ-आरएमसी फुड्सद्वारा ‘न्यूट्रिप्लस’ ब्राण्डअन्तर्गत विभिन्न प्रकारका खाद्यान्न तेलहरू बजारम...

लक्ष्मी बैंकले ल्यायो फिफा विश्व कप २०२२ लक्षित 'सेभ लाइक अ च्याम्पियन' योजना

इकागज | कात्तिक ३०, २०७९

काठमाडौँ- विश्वकै सबैभन्दा ठूलो खेल मेला फिफा विश्वकपको अब ४ दिनमात्र बाँकी छ। फुटबलका पारख...

चुनावमा घर जाने यात्रुलाई बससेवाको अफर, मतदातामात्र नभएर उम्मेदवारले समेत आकर्षक उपहार पाउने

इकागज | कात्तिक ३०, २०७९

काठमाडौँ- नेपालमा अनलाइन मार्फत बस टिकटिङ्ग सेवा प्रदान गर्दै आएको बससेवा डटकमले आगामी आइतबार हुन लाग...

महालक्ष्मी विकास बैंकका ग्राहकहरूलाई विभिन्न संस्थाका सेवाहरूमा विशेष छुट

इकागज | कात्तिक २९, २०७९

काठमाडौँ- “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २...

'विदेशबाट सिटी आयो, दशैं तिहारलाई गोल्डेन बनायो' योजनामा जीवन रायमाझीले जिते ५ तोला सुन

इकागज | कात्तिक २८, २०७९

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले “विदेशबाट सिटी आयो , दशैँ तिहारलाई गोल्डेन बनायो &rdquo...