कर्पोरेट

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराजबीच सम्झौता

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । यो योजना नोभेम्बर ११, २०२२ (कार्तिक २५ गते) देखि लागू हुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरे ।

बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।  
 

न्यौपाने पुन: एन आई सी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

इकागज | कात्तिक १७, २०७९

काठमाडौँ- यस एन आई सी एशिया बैंकले रोशनकुमार न्यौपानेलाई बैंकको प्रमुख कार्यकारी अधिकृतमा पुर्नन...

यी हुन् भिभोको वाई सिरिजअन्तर्गतका केहि उत्कृष्ट स्मार्टफोन

इकागज | कात्तिक १४, २०७९

काठमाडौँ- विश्व स्मार्टफोन उद्योगको अग्रणी ब्राण्ड, भिभोले वाई सिरिजका स्मार्टफोनमार्फत नेपाली प्रयोगकर्ताहरु...

बोटको वोएभ प्रो ४७, रेकर्ज ३३० र रेकर्ज २५५ प्रो प्लस नेपाली बजारमा

इकागज | कात्तिक १३, २०७९

काठमाडौं - इम्याजिन मार्केटिङ लिमिटेड, भारतको नम्बर १ वायरलेस हियरेबल ब्रान्डले (फ्ल्यागशिप ब्रान्ड &...