महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौँ- 'सबल बैंक, सफल सहकार्य' को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तिय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् ।
यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजता होस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको हो ।
साथै बैंकको आँबुखैरेनी शाखाद्वारा आँबुखैरेनी – ६ मा अवस्थित श्री आँबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरिएको छ । विद्यालयको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पठन पाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।
त्यसैगरि बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका-२ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरू मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।
उल्लेखित कार्यक्रम सँगसँगै बैंकको मैतीदेवी शाखाद्वारा काठमाडौं महानगरपालिका-३० मा अवस्थित मैतीदेवी मन्दिरमा सीसी क्यामेरा जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरू साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सि. सि. क्यामेरा जडान गरेको हो ।
आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रुपान्तरणका विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।