अदालत

सिद्धबाबालाई सफाइ दिने जिल्लाको फैसला उच्च अदालत विराटनगरद्वारा बदर

विराटनगर - आफ्नै एक महिला अनुयायीमाथि जबरजस्ती करणीको अभियोग लागेर मुद्दा खेपिरहेका कृष्णदास भनिने सिद्धबाबा रामकृष्णाचार्यलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसलालाई उच्च अदालत विराटनगरले उल्ट्याएको छ । उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले मंगलबार जिल्ला अदालत सुनसरीको फैसला बदर गरेको हो ।

गिरीले गत २०७७ मंसिर २२ मा जिल्ला अदालत सुनसरीबाट सफाइ पाएका थिए । जिल्लाको आदेश उच्चले बदर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।

उच्चले उक्त मुद्दामा प्रतिवादी सिद्धवावा भनिने कृष्णबहादुर गिरीबाट पीडित भएको भनिएकी अनुयायीका पक्षमा पुनः इन्साफका लागि पठाउने भनि आदेश दिएको जनाइएको छ ।

इजलासले पीडित र पीडक भनिएका सिद्धवावाबीच भएको सम्वादलाई परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न, पीडित र पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न जिल्ला अदालत सुनसरीलाई आदेश दिएको हो ।

सिद्धवावाविरुद्ध २०७६ कात्तिक ४ मा जबरजस्ती करणी भएको भन्दै २०७६ मंसिर ११ मा उनकी महिला अनुयायीले प्रहरीमा पहिलो जाहेरी दिएकी थिइन् । गिरीलाई २०७६ पुस १४ मा जिल्ला अदालत सुनसरीका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

जिल्ला अदालत सुनसरीका तत्कालिन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाई दिएको थियो । न्यायधीस कोइरालाले २०७७ मंसिर २२ मा गरेको फैसलामा सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमति यौन सम्बन्ध राखेकोले जबरजस्ती करणी नठहरिने फैसला गरेका थिए ।

उक्त फैसलामाथि पुनरावलोकनको माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्चमा आवेदन गरेपछि उच्च अदालत विराटनगरका तत्कालिन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले सिद्धबाबालाई थुनामै राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको थियो ।

मतदान स्थलको निरीक्षण गर्दै पूर्व प्रधानन्यायाधीश श्रेष्ठ

इकागज | बैशाख ३०, २०७९

काठमाडौँ - पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठसहितको निर्वाचन पर्यवेक्षकहरुको टिमले काठमाडौंको मध्य ब...

हेटाैँडा अस्पताललाई प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्चको आदेश

इकागज | बैशाख २८, २०७९

मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठानबाट अलग नगर्न सर्वोच्च अदालतले आदेश दिए...

विभागद्वारा दूषित खाद्यवस्तु उत्पादन र बिक्री गर्ने ६४ उद्योगविरुद्ध मुद्दा दायर

इकागज | बैशाख २६, २०७९

काठमाडौं । दूषित र न्यून गुणस्तरको खाद्य वस्तु उत्पादन र बिक्री वितरण गरेको आरोपमा खाद्य प्रविधि तथा गुण ...

कानुन दिवसः चार पूर्वप्रधानन्यायाधीश र ११ न्यायाधीशहरु सम्मानित

इकागज | बैशाख २६, २०७९

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सर्वोच्च अदालतले आज कानुन दिवस मनाएको छ । सर्वोच्च...