नेपालमा थप २२ जनामा काेभिड पुष्टि
काठमाडाैँ – नेपालमा थप २२ जनामा काेभिड-१९ पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ५ सय १६ पीसीआर परिक्षणका क्रममा १६ जना र १ हजार ३ सय १९ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा काेभिड पुष्टि भएको हो।
कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ७५ जना कोरोना संक्रमणमुक्त भएको र हालसम्म नेपालमा ९ लाख ६५ हजार ४ सय ६९ जना संक्रमण मुक्त भएका छन् ।
हाल नेपालमा १ हजार २२ जना सक्रिय संक्रमित आइसाेलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।