कोभिड-१९

डेनमार्क र आयरल्याण्डद्वारा स्वास्थ्य सामग्री सहयोग

इकागज | असार ४, २०७८

काठमाडौँ : युरोपेली युनियन अन्तर्गतका मुलुक आयरल्याण्ड र डेनमार्कले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालस्थित इयूकी राजदूत नोना डेप्रेजले उक्त सामग्री स्वास्थ तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन् ।

आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप मेसिन १२, भेन्टिलेटरर ४४, प्लस अक्सिमिटर ४००, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरस ५०,  थर्मोमिटर १००, अक्सिन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २,०१,६०० र सर्जिकल मास्क १०,०८,०००  सहयोग प्राप्‍त भएको छ ।

त्यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, नासल अक्सिजन क्यानल्स ५०, भाइजर ९६०००, आइसोलेसन ग्राउन ९६००० र एफएफपी टु मास्क ९६०० सहयोग प्राप्‍त भएको छ ।

स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड नियन्त्रका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि सहयोग गर्ने बताए । गम्भीर अवस्थाका संक्रमितलाई आइसीयू र भेन्टिलेटर चाहिने भएकाले यस्ता सामग्रीको ठूलो योगदान हुने उनको भनाइ छ ।

इयूकी राजदूत डेप्रेजले कोभिडविरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेकी बताइन् । युरोपेली मुलुक नेपालको साथमा सधै रहने उनको भनाइ छ ।

अस्ट्रेलियाले यसकारण अस्ट्राजेनिका खोप ६० वर्ष माथिका व्यक्तिलाई मात्रै लगाउने

इकागज | असार ४, २०७८

क्यान्बेरा : अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्ति…

कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : प्रधानमन्त्री बोरिस जोन्सन

इकागज | असार ३, २०७८

लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको …

सरकारको अस्पष्टता र दूतावासको निस्क्रियताले खोप खरिदमा असहजता

काठमाडौँ : सरकारले राष्ट्र प्रमुखकै तहबाट कूटनीतिक लविङ गर्दै विभिन्‍न मुलुकबाट खोप खरिद ग…