अपराध

बलात्कार आरोपित पाण्डेलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

इकागज | जेठ ९, २०७९

काठमाडौँ– आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनलाई मानव बेचबिखन तथा ओसारपसार र बालबालिका विरुद्धको कसूरमा मुद्दा चलाउने तयारी भइरहेको छ ।

पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ गरेको थियो । 

युवतीले गत बुधबार सामाजिक सञ्जाल टिकटकमार्फत बलात्कारको घटनाबारे खुलासा गरेकी थिइन् ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक पाण्डेले उनलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । १६ वर्षको हुँदा आफूमाथि ६ महिनासम्म पाण्डेले यौन शोषण गरेको उनको आरोप छ । 


 

रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत, आरोपमा ५९ वर्षीय पुरुष पक्राउ

इकागज | जेठ ९, २०७९

रुपन्देही - रुपन्देहीमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको अभियोगमा बुटवल ...

सुन्दरी प्रतियोगितामा सहभागी किशोरीमाथि बलात्कार भएको घटनामा गृहले भन्यो– हदैसम्मको कारबाही हुन्छ

इकागज | जेठ ७, २०७९

काठमाडौं– गृह मन्त्रालयले आठ वर्षअघि सुन्दरी प्रतियोगितामा सहभागी एक किशोरीलाई बलात्कार गर्ने आयोज...

ब्युटी प्याजेन्ट बलात्कार घटना: पीडित युवतीको घरमा पुग्यो प्रहरी

इकागज | जेठ ६, २०७९

काठमाडौँ - ब्युटी प्याजेन्ट बलात्कार घटना प्रकरणकी पीडित युवतीको घरमा प्रहरी पुगेको छ । २०७१ सालमा नशाल...