अपराध

चोरी पैठारी गरी ल्याइएका लत्ताकपडा बरामद

इकागज | असार २७, २०८०

काठमाडौं – जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली गरी ल्याइएको सामान बरामद गरेको छ । पर्साको प्रहरी टोलीले भन्सार छली गरी ल्याइएको चोरीको सामान बरामद गरेको हो । 

बरामद गरिएको सामानमा ७० पिस लेडिज कुर्था सुरुवाल, सात थान थानको कपडा, ४० पिस सेन्डो गरेर जम्मा एक लाख रूपैयाँ बराबरको सामान रहेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । 

साथै आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले जानकारी गराए ।

बासी खाना खान दिएको भन्ने विषयमा विवाद हुँदा सौतेनी आमाको हत्या, एकजना पक्राउ

सुभाष कर्ण | असार २४, २०८०

जनकपुरधाम- आफ्नै सौतेनी आमाको हत्या गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेकाे छ ...