अपराध

ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

इकागज | साउन ३, २०८०

पर्सा । वीररगन्ज महानगरपालिकाबाट वितरण हुने छात्रबृति दिलाइ दिने भन्दै ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् । मोदी इन्स्टिच्यृट एन्ड ट्रे्निङ सेन्टरका सञ्चालक राहुलकुमार मोदीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । 

नगर प्रमुख राजेशमान सिंहले बीरगन्ज महानगरपालिका –६ स्थित मोदी इन्स्टिच्युट एन्ड ट्रेनिङ सेन्टरका सञ्चालक मोदीले विभिन्न विद्यालयमा अध्यनरत्त बिद्यार्थीलार्ई  महानगरपालिकाबाटवितरण हुने छात्रबृत्ति उपलबध गराइदिने भन्दै रकम असुल गरेको प्रमाण फेला परेको महानगरको भनाइ छ । पैसा माग गरेको अडियो प्रमाण फेला परेपछि कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको प्रमुख सिंहले बताए ।

नगर प्रमुख सिंहले अनुसन्धानको क्रममा र सोधपुक्ष गर्दा सञ्चालक राहुल भारतीय नागरिक रहेको खुलेको र सो ट्रेनिङ सेन्टर रौतहट गौरकी पूजा पटेलको नाममा दर्ता रहेको खुलेपछि महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको टालीले सिलबन्दी गरेको छ । 

५५ वर्षीया महिलालाई बलात्कार गरेको आराेपमा ३५ वर्षीय जीवन कार्की पक्राउ

इकागज | साउन ३, २०८०

उदयपुर - ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका-६ गडमे बस्ने ३५ वर्ष...

बालिकाको प्रयोगबाट लागूऔषध कारोबार, यसरी अन्तर्राष्ट्रिय ट्रान्जिट बन्दैछ नेपाल

इकागज | साउन २, २०८०

काठमाडौँ– उमेरले भर्खर १६ टेकेकी सविता (परिवर्तित नाम)को नाममा आइतबार अमेरिकाको क्यालिफोर्नियाब...