बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-१४ घर भई काठमाडौँ नयाँबानेश्वर बस्ने ६३ वर्षीय गमबहादुर पौडेललाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौँ महाराजगंजबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको जनाएको छ ।