अपराध

६१ बोरा सुपारीसहित पिकअप गाडी नियन्त्रणमा

इकागज | साउन १७, २०८०

झापा - झापा प्रहरीले अवैध सुपारीसहित एउटा पिकअप गाडी नियन्त्रणमा लिएको छ। 

प्रहरी चौकी चारआली झापाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ११ बजे मेचीनगर नगरपालिका-१३ चारआली चोकबाट कागजात बिनाको सुपारीसहित पिकअप गाडी नियन्त्रणमा लिएको प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को१च ८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भीसीटीएस बिलसहित आवश्यक कागजात नभएको ६१ बोरा सुपारी फेला परेको बताए।

अन्दाजी १० लाख ८३ हजार मूल्य बराबरको २८५० किलोग्राम सुपारी र ५ लाख मूल्य बराबरको गाडीसमेत गरी १५ लाख ८३ हजार बराबरको सुपारी, पिकअप गाडी र गाडी चालक मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने १९ वर्षीय आकाश धिमाल समेतलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइ सकेको डीएसपी रिजालले बताए। 

५ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा २५ वर्षपछि सोमबहादुर पक्राउ

इकागज | साउन १५, २०८०

हेटौँडा - बालिकालाई बलात्कारपछि हत्या गरेको आरोप लागेका अभियुक्तलाई २५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ।...

नेदरल्यान्ड्स पठाइदिन्छु भन्दै ६ जनाको ४५ लाख ठगी गर्ने पक्राउ

इकागज | साउन १५, २०८०

काठमाडौँ- नेदरल्यान्ड्स पठाइ दिन्छु भन्दै ६ जनाबाट करिब ४५ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको आरोपमा का...

नेदरल्यान्ड्स पठाइदिने भन्दै ४५ लाख ठगी गर्ने काठमाडौँका कपिल वर्मा पक्राउ

इकागज | साउन १५, २०८०

काठमाडौं - काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेदरल्यान्ड्स पठाइ दिन्छु ६ जनाबाट कर...