टोपबहादुर रायमाझीका छोरालाई काठमाडौँ ल्याइयो, केही बेरमा अदालत लगिँदै
काठमाडौं - पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भुमिका खेलेको आरोपमा भैरहवामा बुधबार पक्राउ परेका सन्दिपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।
काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेस गरेर अनुसन्धानका लागि म्याद लिइनेछ ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम भीआइपीहरु पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।
आठ सय ७५ युवासँग रकम उठाएको आरोपमा मुछिएपछि सन्दिपका पीता टोपबहादुर रायमाझीलाई पनि पक्राउ गर्न प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
र, यो पनि
- प्रहरीकै स्कर्टिङमा रायमाझी काठमाडौँ आउँदै, काठमाडौँ प्रहरीमा आफै उपस्थित हुने
- टोपबहादुर रायमाझीलाई खोजिरहेका छौँ, भेट्टाएका छैनौँ : रुपन्देही प्रहरी प्रमुख विक