अपराध

रोजगारी दिलाउने बहानामा नग्‍न भिडियो मगाएर ब्ल्याकमेल गर्ने एकजना पक्राउ

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका-८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् ।

अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए । 

नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको थियो । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौँबाट शनिबार पक्राउ गरिएको थियो । उनलाई काठमाडौँ जिल्ला अदालतबाट दिन सात म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको उपरीक्षक अवस्थीले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित भारतीय महिला पक्राउ

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । भारतीय महिला ...

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधब...

शिक्षित युवादेखि अवकाश प्राप्त कर्मचारी अनलाइन ठगीको फन्दामा पर्दै

अतिन आचार्य | बैशाख ६, २०८१

काठमाडौँ- पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगकर्ता बढेसँगै अपराध र ठगीजन्य कार्य पनि बढ्दै गएको छ । सामा...

मोटरसाइकलमा लिफ्ट माग्‍ने, फोन गर्ने बहानामा मोबाइल चोरी गर्ने व्यक्ति काठमाडौँबाट पक्राउ

इकागज | बैशाख ६, २०८१

काठमाडौँ- मोटरसाइकलमा लिफ्ट मागी  मोबाइल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोप...