अपराध

विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

इकागज | भदौ २५, २०८१

काठमाडौँ - नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ क्षेत्रबाट अवैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा सुनसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । 

पक्राउ पर्नेमा प्युठान सरुमारानी गाउँपालिका–१ बाङ्गेसार बस्ने ३१ वर्षीय समिर अहमद र खोटाङ दिप्रुङ गाउँपालिका–५ बस्ने ३० वर्षीय देवराज खत्री रहेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

हिमालय एयरलाइन्सको उडानद्वारा दोहाबाट काठमाडौँ आएका समिरलाई करिब ५४ ग्राम तौलको सुन (धातुको ढिक्का एक थान, बेरुवा औँठी एक थान) मोबाइल एक थानसहित प्रहरीले सोमबार पक्राउ गरेको थियो । 

प्रहरीका अनुसार देवराजलाई करिब २५ ग्राम तौलको सुनको सिक्री एक थान, मोबाइल दुई थान र ल्यापटप एक थानसहित पक्राउ गरिएको हो । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामङ्गल बुझाएको प्रहरीले जनाएको छ ।
 

ईडिभिका लागि अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने चार जना पक्राउ

इकागज | भदौ २४, २०८१

काठमाडौँ - नेपालस्थित अमेरिकी राजदूतावासमा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा प्रयोजनको लागि नक्कली शैक्ष...

केरा बगानमा कलिला दुई छोरीलाई विष खुवाएर हत्या गरी फरार भएकी आमा पक्राउ

इकागज | भदौ १९, २०८१

मोरङमा कलिला दुई छोरीको विष सेवन गराएर हत्या गरी फरार भएकी आमा पक्राउ परेकी छिन्। पक्राउ पर्नेमा सुन्दर...

भारतको कोलकत्ता पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने दुई जना पक्राउ

इकागज | भदौ १२, २०८१

काठमाडौँ - विभिन्न प्रलोभनमा पारी भारतको कोलकत्तामा पुर्‍याई मानव अंग मृगौला बेचबिखन गर्ने २ जनाला...