अपराध

करिब ३० हजार किलो चिनीसहितको ट्रक नियन्त्रणमा

इकागज | जेठ २, २०८१

काठमाडौँ - सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित तीनकुने सीमा ईलाकाबाट वैशाख २९ गते सशस्त्र प्रहरीले ५ सय ९५ वटा बोरामा रहेको २९ हजार ७ सय ५० किलो चिनीसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ ।  

बीआर ५० जी ९०५७ नम्बरको ट्रकमा लोड गरिएको चिनीलाई मकै र गहुँ भनेर भन्सार पास गराउन खोजेको र पछि विशेष सूचनाको आधारमा प्रस्तावित  सीमा सुरक्षा गुल्म हरिपुरले ट्रकमा जाँच गर्दा मकै र गहुँले छोपिएको अवस्थामा उल्लेखित चिनी फेला परेको हो । साथै १८ वटा बोरामा रहेको ९ सय ९० के.जी. मकै, ९५ वटा बोरामा रहेको ५ हजार २ सय ७९ के.जी. गहुँ समेत बरामद गरिएको छ ।

बरामद चिनी, मकै, गहुँ र ट्रकसहितको भन्सार दाखिला मूल्य ४५ लाख २५ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि सेतुबन्धु भन्सार कार्यालय सुनसरीमा बुझाइएको छ ।

युएईमा सेल्स रेप्रिजेन्टिभमा लगाउने भनी कुवेतमा पुर्‍‍याई महिलालाई बन्धक बनाउने दुई जना पक्राउ

इकागज | जेठ २, २०८१

काठमाडौँ- युएईमा पुर्‍याएर सेल्स रेप्रिजेन्टिभ काममा लगाइदिन्छु भनी कुवेतस्थित घरेलु कामदारमा लगाउन...

स्ट्रिप च्याट मार्फत अश्‍लील यौनजन्य क्रियाकलापमा संलग्न गराउने महिला पक्राउ

इकागज | जेठ १, २०८१

काठमाडौं - स्ट्रिप च्याट मार्फत बालबालिकाहरूलाई अश्लील यौनजन्य क्रियाकलापमा संलग्न गराएको अभियोगमा &...

अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने गिरोह पक्राउ

इकागज | बैशाख २८, २०८१

काठमाडौं- गैरकानुनी बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने भन्दै साढे पाँच करोड ठगी गरेको आरोपमा तीन ...

वैदेशिक रोजगारमा विभिन्‍न देश पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ

इकागज | बैशाख २७, २०८१

काठमाडौँ - वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा...