अपराध

क्रोएसिया पठाइदिने भन्दै १४ लाख ठगेको आरोपमा कौशलटारबाट सन्जन प्रजापति पक्राउ

इकागज | माघ २३, २०८०

काठमाडौं - वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले प्रजापतिलाई मंगलबार मध्यान्ह कौशलटारबाट पक्राउ गरेको हो।

कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार प्रजापतिले रामप्रसाद साहसहित सात जनाबाट १४ लाख ३५ हजार रुपैयाँ ठगी गरेको आरोप छ।

क्रोएसियामा पुगेपछि प्रतिष्ठित होटलमा मासिक एक लाख रुपैयाँ तलब हुने आश्वासन देखाएर प्रजापतिले व्यक्तिहरूसँग रकम संकलन गर्न थालेका थिए।

प्रतिव्यक्ति १२ लाख रूपैयाँ लागत लाग्ने भन्दै प्रजापतिले रकम संकलन गरेका थिए। रकम संकलन गरेर सम्पर्कविहीन भएपछि पीडितले कार्यालयमा उजुरी दिएका थिए।

उजुरीपछि खोजीका लागि परिचालन भएको प्रहरी टोलीले प्रजापतिलाई पक्राउ गरेको रेग्मीले बताए।

पक्राउ परेका प्रजापतिलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको उनले बताए।

अदालतबाट चार करोड जरिवाना ठहर गरिएका काभ्रेका मन्दिरा केसी नौ वर्षपछि पक्राउ

इकागज | माघ २१, २०८०

काठमाडौँ  - नेपाल प्रहरीले अदालतबाट तीन वर्ष कैद र चार करोड जरिवाना ठहर गरेका एक जनालाई पक्राउ ...

न्युजिल्याण्ड पठाइदिन्छु भन्दै साढे ११ लाख ठगी गर्ने दुई जना पक्राउ

इकागज | माघ २१, २०८०

काठमाडौं - न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यान...

चौधरी समूहले तीन दशकअघि १० रोपनी जग्गा लिन 'श्री ५ को सरकार' लाई छक्याए

अतिन आचार्य | माघ १९, २०८०

काठमाडौँ- मालपोत कार्यालय डिल्लीबजारले २०३७ कात्तिक २० मा एउटा निर्णय गर्‍यो । बाँसबारी छाला ज...

६ सय बढीलाई ठगेका सुजनले ४ करोड ऋण तिरेर क्रेटा कारमा काठमाडौँमै घुम्थे

अतिन आचार्य | माघ १८, २०८०

काठमाडौँ- युरोपका विभिन्न मुलुकमा पठाइदिने भन्दै रकम उठाइ फरार रहेका विकास वाइवा भन्ने सुजन ताम...