अपराध

१२८ ग्राम सुनसहित दुई जना पक्राउ

इकागज | चैत १४, २०८०

काठमाडौँ - रसुवा जिल्लाको केरुङ नाका हुँदै भन्सार छलीको सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी घर भएका २६ वर्षीय सुदिप बिक र गोरखा घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार भन्सार छली सुनको तस्करी गरी काठमाडौँ प्रवेशको गोप्य सूचनाको आधारमा खटिएको विशेष अनुसन्धान टोलीले सोमबार साँझ काठमाडौँको नरदेवीबाट दुवैलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट बजार मूल्य अनुसार १३ लाख ९१ हजार १६० रुपैयाँ बराबरको अन्दाजी १२८.७ ग्राम सुन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

अनेरास्ववियुकी केन्द्रीय सदस्य रक्षा बम मोबाइल चोरी गरेको आरोपमा पक्राउ

इकागज | चैत १४, २०८०

काठमाडौँ- नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)की केन्द्रीय सदस्य...

बैतडीमा कोदालो प्रहार : एकको मृत्यु, दुई कर्मचारीको हेलिकप्टरबाट उद्धार

इकागज | चैत ८, २०८०

बैतडी- बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली से...

जब प्राध्यापकले 'मिसबिहेभ' गरेपछि सोभिताले हत्याको योजना बुनिन्...

इकागज | चैत ६, २०८०

काठमाडौँ- सोमबार १६ वर्षअघि मीनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्नको आ...

हत्यापश्‍चात् अभियुक्तले सुष्माको फेसबुकमा लेखेका थिए 'सरी सबैलाई म तीन दिनमा आउँछु'

अतिन आचार्य | चैत ४, २०८०

काठमाडौँ- गत माघ २३ गते सुष्मा मंगोलियन नामको फेसबुकबाट विवाहित जोडीको फोटो सार्वजनिक भयो । फोटोको ...