अपराध

नातिलाई मदिरा नखानू भन्दा चिर्पटले हानेर बाजेको हत्या

इकागज | फागुन १२, २०८०

काठमाडौँ- रूकुम पश्चिममा बाजेको हत्या आरोपमा प्रहरीले नातिलाई पक्राउ गरेको छ ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका-१२ का ५१ वर्षीय हस्तराम खड्काको हत्या आरोपमा उनका नाति २३ वर्षीय डिल्लीराम खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रबार बिहान साढे ६ बजेतिर जुम्लाबाङ बुगेरी सडक खण्डस्थित त्रिवेणीतर्फ जाने सडकको छेउमा हस्तराम मृत फेला परेका थिए । त्यसपछि जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धर्मेन्द्र खड्काको कमाण्डमा खटिएको टोलीले डिल्लीरामले लगाएको चप्पलमा रगत देखेपछि सोधपुछका लागि उनलाई दिउँसो नियन्त्रणमा लिएको हो ।

सोधपुछका क्रममा नाति डिल्लीरामले नै बाजे हस्तरामको हत्या गरेको स्वीकार गरेको इन्स्पेक्टर खड्काले बताए । बाजेले नातिलाई रक्सी नखान सम्झाउँदा भनाभन भएको र त्यही क्रममा नातिले बाजेलाई लडाएर दाउरा प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।

सशस्त्रका डिएसपीले ट्वाइलेटमा महिलाको अश्लील भिडियाे खिचेपछि …

इकागज | फागुन ७, २०८०

काठमाडौं - सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक पक्राउ परेका छन्। स्वयम्भू वृत्तले सशस्त्र प्रहर...

न्याय खोज्दै बुबा काठमाडौँमा, आत्महत्या दुरुत्साहन नभई जबरजस्ती करणी र हत्या भएको दाबी

इकागज | फागुन ६, २०८०

काठमाडौँ- गत पुषमा बलात्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षीया रेजिना नेपालीका बुबा बुदे सनाईल...