कूटनीति

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समिति​बाट सर्वसम्मतिले अनुमोदन

इकागज | मंसिर २२, २०८०

पोर्चुगलको राजदूतमा सनिल नेपालको नाम सुनुवाइ समिति​बाट सर्वसम्मतिले अनुमोदन

काठमाडौँ- ​संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

नेपालविरुद्ध समितिमा एक उजुरी परेको थियो भने समितिले शुक्रबार नै उजुरीकर्ता छलफल र प्रस्तावित राजदूतसँग संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिले सर्वसम्मत रूपमा पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएसंगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

विपिन जोशीको रिहाइका लागि परराष्ट्रमन्त्री साउदले गरे गल हर्चसँग कुराकानी

इकागज | मंसिर २२, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले कञ्चनपुरका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा ...

प्रधानमन्त्री प्रचण्डलाई भेट्‌न अमेरिकी राष्ट्रपति बाइडनका विशेष सहायक लाउबाचर बालुवाटारमा

इकागज | मंसिर २१, २०८०

काठमाडौँ- नेपालको औपचारिक भ्रमणमा रहेकी अमेरिकी राष्ट्रपति जो बाइडनकी विशेष सहायक तथा दक्षिण एसियाका ...

परराष्ट्रमन्त्री साउदसँग कतारका विदेश राज्यमन्त्रीको भेट

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुखैरीसँग हमासको नियन्...

इजरायल र हमासबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत, विपिन जोशीको रिहाइको माग

इकागज | मंसिर ७, २०८०

काठमाडौँ - नेपालले इजरायल र हमासबीच भएको युद्धविरामको स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार एक...

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट

इकागज | कात्तिक २४, २०८०

गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्...

भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

इकागज | कात्तिक २४, २०८०

काठमाडौँ- चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्प पीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने ...