कूटनीति

प्रधानमन्त्री दाहाल र अमेरिकी सिनेटरबीच भेटवार्ता

इकागज | भदौ १५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राज्य अमेरिकाको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भन होलेन बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा दुई देशको आपसी हित र सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

सिनेटर क्रिस भन होलेन आजै नेपाल भ्रमणमा आएका हुन् । आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।
 
भ्रमणका क्रममा उनले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगबारे सम्बन्धित निकायसँग छलफल गर्ने जनाइएको छ ।

राष्ट्रपति पौडेलसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलद्वारा भेट

इकागज | भदौ १४, २०८०

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता ...

एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड काठमाडौँमा, भाेलि कार्यान्वयन हुँदै

इकागज | भदौ १२, २०८०

काठमाडौँ- अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अल...

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसंघका आवासीय संयोजकको शिष्टाचार भेट

इकागज | भदौ ६, २०८०

काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक हन्ना सिंगर&ndas...