कूटनीति

योजना आयोगका उपाध्यक्ष श्रेष्ठ चीन प्रस्थान

इकागज | असार २३, २०८०

काठमाडौँ- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ ‘ग्लोबल फर सेयर डेभलपमेन्ट’ फोरममा सहभागी हुन आज चीन प्रस्थान गरेका छन् । चीनको बेइजिङमा हुने उक्त फोरममा विभिन्न २० देशका मन्त्रिस्तरीय प्रतिनिधि सहभागी हुँदैछन् । 

कार्यक्रममा विश्व चर्चित अर्थविद् जेफर स्कास साथै इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) र फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)लगायत संस्थाकोसमेत सहभागिता हुनेछ । फोरममा सहभागितामूलक विश्व विकासका लागि विभिन्न एजेण्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । नेपालको प्रतिनिधित्व गर्दै उपाध्यक्ष श्रेष्ठले उक्त फोरममा सम्बोधन गर्ने कार्यक्रम छ ।

आइतबार बेइजिङस्थित फ्रेण्डसिप होटलमा चिनियाँ विकास (सिआइडिसीए) उपमन्त्री डेङ्ख वोइङ र उपाध्यक्षबीच भेटवार्ता हुनेछ । सोमबार उपाध्यक्षले फोरमको औपचारिक समारोहमा सहभागी हुने तथा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, मङ्गलबार उपाध्यक्ष श्रेष्ठ र चिनियाँ उपराष्ट्रपति हान चेङ्खसँग औपचारिक भेटवार्ता  हुनेछ । सोही दिन राति उपाध्यक्ष श्रेष्ठ स्वदेश फर्कनेछन् ।

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनासँग कतारका राजदूतको बिदाई भेट

इकागज | असार २२, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद ...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा छेन्दुमा अन्तर्राष्ट्रिय मेला अवलोकन

इकागज | असार १४, २०८०

छेन्दु- जनवादी चीनको भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्...

उपप्रधानमन्त्री श्रेष्ठद्वारा चीनको पाण्डा प्रजनन केन्द्रको अवलोकन

इकागज | असार १४, २०८०

छेन्दु (चीन)- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिचुवान प्रान्तको छेन्दुमा रहेको पाण्डा प्रजनन के...