शिक्षा

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

इकागज | पुस २६, २०८०

ताप्लेजुङ- ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ ।

विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, आमसभा, गोष्ठी, बैठक, सभासम्मेलन गर्न नपाइने गाउँपालिकाले जनाएको छ । सो निर्देशिकालाई पूर्णरुपमा लागू गर्न गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा स्पष्ट व्यवस्था गरेको जनाउँदै विद्यालय क्षेत्रमा राजनीतिक गतिविधि रोक्न थप कडाइका साथ लाग्ने निर्णय गरेको छ ।

गाउँपालिकाले हालै सूचना जारी गर्दै विद्यालय शान्ति क्षेत्र ढाँचा कार्यान्वयनमा उल्लेख भएअनुसार कुनै पनि समूहद्वारा विद्यालय, विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समितिलाई प्रभाव पार्ने गरी हातहतियार देखाउने, त्रास फैलाउने, कुटपिट गर्ने, विद्यालय बन्द गराउने, बल प्रयोग गर्ने, धम्की दिने, चन्दा आतङ्क मच्चाउनेलगायतका गतिविधिमा कडाइका साथ पूर्णरुपमा रोक लगाउने निर्णय भएको र सोहीअनुसार गर्न गराउन सचेत गराएको छ ।

विद्यालय क्षेत्रलाई शान्त र बालमैत्री बनाउन गाउँपालिकोको उक्त निर्णयलाई कडाइका साथ कार्यान्वयन गराउन स्थानीय तह, विद्यालय, राजनीतिक दल, दल सम्वद्ध सङ्घसंस्था र शैक्षिक पेसागत सङ्घङ्गठनलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ । रासस

आचरण विपरित गर्ने विद्यार्थी बचाउन शिक्षामन्त्रीले नै पत्र काट्नु हास्यास्पद : डा. सुनिल शर्मा

इकागज | पुस २५, २०८०

काठमाडौँ- दूरदराजका गरिब विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउँदै आएका काठमाडौँ मेडिकल ...

पाँच वर्षमा शतप्रतिशत साक्षरता, शिक्षा क्षेत्रमा बजेटको १७ प्रतिशत लगानी

इकागज | पुस २४, २०८०

काठमाडौँ- अहिले मस्यौदा निर्माणको क्रममा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाले आगामी पाँच वर्षभित्रमा पा...

२०२४ मा जेनेरेटिभ एआईमा थप प्रगतिदेखि साइबर सुरक्षा र क्वान्टम कम्प्युटिङमा विकास हुने अनुमान

विवेक देवकोटा | पुस २४, २०८०

जेनेरेटिभ एआई नयाँ र मौलिक सामग्री, च्याट प्रतिक्रियाहरू, डिजाइनहरू, सिन्थेटिक डेटा वा डीपफेकहरू सिर्जन...

निलम्बित केएमसी चिकित्सक दाहालको कारबाही फुकुवा गर्न शिक्षा मन्त्रीको निर्देशन

इकागज | पुस २४, २०८०

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोकप्रसाद राईले काठमाडौँ मेडिकल कलेजबाट निलम्बित आवास...

प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध

इकागज | पुस २२, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रद्ध भएको छ । आइतबार एक सूचना जारी गर्दै त्...

त्रिविको उपकुलपतिको विज्ञापनमा रहेको पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको निर्देशन

इकागज | पुस २०, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिभुव...

खुल्ला प्रतिस्पर्धाबाट त्रिवि उपकुलपति चयन गर्न खुल्यो विज्ञापन

इकागज | पुस २०, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न दरखास्त आह्वान गरेको छ । त्रि...

संविधानको मर्मविपरीत शिक्षा विधेयक नल्याउन स्थानीय तहको ध्यानाकर्षण

इकागज | पुस १९, २०८०

काठमाडौँ - नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना ...