शिक्षा

२०२६ सालमा स्थापना भएको विद्यालयमा बल्ल माध्यमिक तह सञ्चालन

इकागज | बैशाख १८, २०८०

खोटाङ - खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरु गरिएको छ ।  विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो । कक्षा ९ मा ३१ विद्यार्थी भर्ना गरेर पठनपाठन सुरु गरिएको गाउँपालिकाका प्रमुख उदिमबहादुर राईले बताए । 

गाउँमै मावि तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । स्थानीय अभिभावकले संकलन गरेको चन्दा तथा गाउँपालिकाको सहयोगले मावि तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताए । 

सो अवसरमा गाउँपालिका उपप्रमुख रुपेश राई, वडाध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओवादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राईलगायतले शुभकामना दिएका छन् । 

मावि तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो । निमावि राहत तीन, प्रावि राहत एक, बालविकास सहायक एक, निजी एक र प्रावि दरबन्दी चार गरी दश शिक्षक रहेको उक्त विद्यालयको हालसम्म एक सय ८८ विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ । 

विद्यार्थी भर्ना अभियान जारी रहेको उक्त विद्यालयमा गाउँपालिका र वडाले एक÷एकजना मावि शिक्षक व्यवस्था गर्ने सहमति भएको प्रधानाध्यापक राईले जानकारी दिए । विसं २०७८ को जनगणनाअनुसार तीन हजार ५७७ जनसङ्ख्या रहेको लिच्कीराम्चेमा लक्ष्मी माविसमेत सञ्चालित छ ।  

वैशाख दोस्रो सातासम्म देशभरका विद्यार्थीहरूले पाठ्यपुस्तक प्राप्त गरिसकेका छन् : शिक्षा मन्त्रालय

इकागज | बैशाख १७, २०८०

काठमाडौँ- नेपाल सरकारले विद्यार्थी भर्ना अभियानसँगै सबै सामुदायिक विद्यालयमा सबै विद्यार्थीले सहज रूपमा...

संस्थागत विद्यालयमा विदेशी विद्यार्थी अध्ययनरत भएमात्रै इन्टरनेशनल शब्द जोड्न पाइने

इकागज | बैशाख १७, २०८०

काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँ महानगरभित्र रहेका विद्यालयले नेपाली ना...

हलेसी तुवाचुङमा सामुदायिक विद्यालयको नतिजा निराशाजनक, केही विषयमा उतीर्ण संख्या शून्य

इकागज | बैशाख १७, २०८०

खोटाङ -  हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ...

नेकपा बहुमतको विद्यार्थी संगठनले लगाएको ताला काठमाडौँ महानगर फोड्‌यो

इकागज | बैशाख १५, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विद्यालयमा राजनीतिक गर्न पाउनुपर्ने भन्दै ताला लगा...

काठमाडौँका विद्यालयमा राजनीतिक गतिबिधि गरे प्रधानाध्यापकमाथि कारबाही

इकागज | बैशाख १४, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिबिधि तथा कार्यक्रम आयोजना गर्न गर्न दि...