शिक्षा

के एलन मस्कले ट्वीटरको सीइओबाट राजीनामा दिँदैछन् ?

इकागज | पुस ४, २०७९

न्युयोर्क- अर्बपति तथा ट्वीटरका नयाँ मालिक एलोन मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नगर्ने निर्णय गर्न आग्रह गर्दै एक सर्वेक्षण ट्वीट गरेका छन् । उनले नतिजा पालना गर्ने वाचासमेत गरेका छन् । परिणाम चाँडै सार्वजनिक हुने जनाइएको छ ।

मस्कले सीईओको रूपमा केही महिनायता कम्पनीमा केही उथलपुथल गरेका छन्। ट्विटरका हजारौं कर्मचारीहरूलाई हटाउने र ठूला नीति परिवर्तनहरू गरेका छन् ।  त्यस्तै ब्लु टिक प्रमाणिकरणका लागि शुल्क लिनेदेखि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलगायत धेरै विवादास्पद व्यक्तित्व र संगठनहरूमाथि लागेको प्रतिबन्ध हटाउने निर्णय गरेका छन् ।

ट्विटरको सीईओको रूपमा लामो समयसम्म काम गर्न नचाहेको मस्कले बताएका थिए । उनले हालै आफ्नो अन्य कामहरूलाई बेवास्ता गरेकोमा विशेष गरी टेस्लाका प्रमुख शेयरधारकहरूले आलोचनाको सामना गर्नु परेको छ । एजेन्सी 

केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णय निन्दनीय : राष्ट्रसंघ

इकागज | पुस २, २०७९

न्युयोर्क- संयुक्त राष्ट्रसंघले केही पत्रकारहरूलाई निलम्बन गर्ने ट्वीटरको निर्णयको निन्दा गरेको छ । यसअघि यु...

मधेश प्रदेशमा जन्मदर्ताकाे अभावमा बालबालिका विद्यालय जानबाट वन्चित हुँदै

इकागज | पुस १, २०७९

महोत्तरी- महाेत्तरी गौशालाका १२ वर्षीय अभिषेक मुखिया र १४ वर्षीय अर्जुन मण्डललाई विद्यालय गएर पढ्ने रहर स...

स्थानीय तहको गुनासो : संघीय सरकारले शिक्षाका लागि आवश्यक बजेटको व्यवस्था गर्न सकेन

इकागज | पुस १, २०७९

काठमाडौँ- संघीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेकाले शिक्षामा दिगो विकास लक्ष्य हासिल हुनेगरी काम गर्...

काठमाडौं विश्वविद्यालयका एक हजार ६९९ विद्यार्थी दीक्षित

इकागज | मंसिर २९, २०७९

काभ्रे - काठमाडौं विश्वविद्यालयमा अध्ययनरत विभिन्न संकायका स्नातक, स्नातकोत्तर र विद्यावारीधिका गरी एक हजा...