इकागज विशेष

मनमाेहन मीमांसा-६

विकास रौनियारको संग्रहमा मनमोहन (फोटो फिचर )

विकास रौनियार | बैशाख १३, २०७८

काठमाडौँ : मनमोहन अधिकारी भारतीय प्रधानमन्त्री चन्द्रशेखरजीलाई भेट्न सोल्टी होटल आउनुभएको थियो । मेरो घर त्यहीँ नजिकै हो । उहाँ फर्किने क्रममा हाम्रो घरमा पस्‍नुभयो ।  । मेरो हजुरबुवा शिवप्रसाद रौनियारसँग उहाँको राम्रो चिनजान-सम्बन्ध थियो । 

हाम्रो घरमा उहाँ आधा घन्टा जति बस्नुभयो । चिया खान काम भयो । उहाँ सार्वनजिक बस चढेर आउनुभएको थियो । फर्केर जान हाम्रो घरको पुरानो गाडी प्रयोग गरियो । उहाँलाई गाडीमा सँगै लिएर जान म उत्सुक थिएँ । तर, मसँग ड्राइभिङ लाइसेन्स थिएन । तर, पनि गाडीमा सँगै गएँ । महाराजगन्जसम्म गयौँ । उहाँ त्यहीँ ओर्लिनुभयो । 

कान्तिपुरमा कांग्रेस बिटमा चन्द्रशेखर कार्की र एमाले बिटमा मेरो थियो फोटो खिच्ने काम । उहाँ प्रायः सधैँ गम्भीर र चिन्तित देखिनुहुन्थ्यो । फरक मुद्रा ल्याउन भने सकिएन । हाँसेको मुस्कानसहित फोटो खिच्न सकिएन ।  

डिल्लीरमण रेग्मीले आयोजना गर्नुभएको कार्यक्रम, लाजिम्पाट ।  

महाकाली–टनकपुर विवादका बेला सिंहदरबार गेट अगाडि,  २०४९ साल ।  

गणेशमान सिंहलाई श्रद्धाञ्जलि दिँदै, चाक्सीबारी २०५४ असोज । मनमोहन धेरै बेर टोलाएर, भावुक भएर बस्नुभएको थियो ।  

काठमाडौँ क्षेत्र नम्बर १ को उपचुनावका क्रममा सिफल, २०५० ।  

मनमोहनका साथ पार्टी नेताहरू ।

जर्मनीको पत्रिकामा छापिएको सचित्र समाचार कटिङ । प्रधानमन्त्रीको शपथ ग्रहण गरेर बालुवाटार पुगेपछि नेपाल टेलिभिजनमा आफैँलाई हेर्दै । पत्रकार उषा तिवारीको साथमा म त्यहाँ पुगेको थिएँ ।   

पाकिस्तानी राजदूत र प्रधानन्यायाधीश विश्वनाथ उपाध्यायका साथ ,सर्वाेच्च अदालतमा  ।  

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा ।

र यो पनि   :

मनमोहन मीमांसा-१ : शालीन र विनम्र नेता

- मनमोहन मीमांसा-२ : एक्लै नारा लगाउने ती मनमोहन

- मनमाेहन मीमांसा-३ : आफ्नै मन्त्रीविरुद्ध उभिन सक्ने मनमोहन

-मनमोहन मीमांसा-४ : प्रधानमन्त्री मनमोहन अधिकारीको सल्लाहकार बन्दा...

- जनप्रिय प्रधानमन्त्री मनमोहनका १० बलिया र ३ कमजोर पक्ष

मनमोहन र किसुनजीबाहेक कोही पनि प्रधानमन्त्री स्वप्‍नद्रष्टा भएनन्

राधाकृष्ण मैनाली | चैत २६, २०७७

नेपाली कांग्रेसले २०१७ सालदेखि नै एकल आन्दोलन गर्ने भन्दै आएको थियो । पुष्पलाल श्रेष्ठले पनि संयुक्त आन्दो...

प्रजातान्त्रिक संघर्षको इतिहासलाई उपहास गर्नेहरूका नाममा...

हरिबहादुर थापा | चैत २६, २०७७

त्यो मध्यरात । सहर तीन दिनदेखि कर्फ्युको सन्त्रासमा थियो । प्रजातन्त्र र बहुदलीय व्यवस्था पुनर्बहाली निम्ति २०...