सिक्किमको बाढीबाट सिक्नुपर्ने कुरा
भारतको दोस्रो ठूलो रन अफ द रिभर जलविद्युत परियोजना, टिस्ता उर्जा, ४ अक्टोबर २०२३ मा उत्तर-पश्चिम सिक्किमको लोनाक तालमा आएको बाढीका कारण ठूलो क्षति भएको छ ।
भारतको सबैभन्दा बढी बाँध बनाइएको नदीहरूमध्ये एक नदी टिस्ता नदीमा यो १२०० मेगावाट विद्युत परियोजना, उत्तर सिक्किमको मंगन जिल्लाको चुङ्थाङ र मंगनको बीचमा अवस्थित छ र सिक्किमको नदीमा काम गरिरहेको नौवटा जलविद्युत परियोजनाहरूमध्ये सबैभन्दा ठूलो हो यो । करिब ४,२०० मेगावाटको जलविद्युत क्षमतालाई ट्याप गर्न १५ वटा बाँधको काम भइरहेको छ भने थप २८ वटा नदीमा प्रस्तावित छन् ।
सिक्किमको सबैभन्दा ठूलो जलविद्युत परियोजना सिक्किम उर्जामा मंगलबार राति आएको बाढीले २९८ मिटर लामो र ६० मिटर अग्लो Concrete-faced Rockfill बाँधको साथ साथै पावरहाउस जोड्ने पुलसहित छ वटा पुलहरू बगाउँदा ठूलो क्षति पुगेको छ। विद्युतगृह पानीमुनि डुबेको अवश्था छ । FLASH FLOOD ले बाँधलाई १० मिनेटमै बगाएको छ र यसले तल्लो तटीय क्षेत्रमा १५ फिटदेखि २० फिटको उचाईसम्म १५ मिटर प्रति सेकेन्डको वेगमा बगेकाले पुल, घर, सैंयौ मान्छेको धनजन क्षति भएको छ ।
(स्रोत: NDTV)
त्यहाँ प्रकोपको कारण बारेमा धेरै अनुमानहरू छन् । र, तीन मुख्य कारणहरू छलफल भइरहेको छ, बादल फुट्नु, GLOF, र नजिकैका क्षेत्रहरूमा हालैका भूकम्पहरू। यद्यपि, अचानक वृद्धिको प्राथमिक कारण उत्तर सिक्किमको दक्षिण लोनाक तालमा अत्यधिक वर्षा र GLOF घटनाको सम्भावित संयोजन देखिन्छ। यसैले प्रारम्भिक मूल्याङ्कनमा भूकम्पको कारणलाई अस्वीकार गरिए पनि बैज्ञानिकहरूले अचानक बाढी आउनुको वास्तविक कारणको अनुसन्धान गरिरहेका छन् । लोनाक ताल ५,२०० मिटर उचाइमा छ र आकार १.५ किमी २ छ, सगरमाथा क्षेत्रको इम्जा तालसँग धेरै राम्रोसँग तुलना गर्न सकिन्छ।
ISRO को अनुसार GLOF (Glacier Lake Outburst Flood) का कारण आधा भन्दा बढी दक्षिणी लोनाक ताल बगेको छ। एनआरएससी स्याटेलाइट इमेजरीले ताल झण्डै १६२.७ हेक्टरमा फैलिएको देखाएको छ। सेप्टेम्बर २८ मा यसको क्षेत्रफल बढेर १६७.४ हेक्टरमा पुग्यो र त्यसपछि ६०.३ हेक्टरमा ठूलो मात्रामा घट्यो। यसको मतलब १०० एकडभन्दा बढी क्षेत्रमा पानी बगेको छ ।
(स्रोत: www.isro.gov.in)
नेपालको सन्दर्भमा ICIMODE को एक रिपोर्ट अनुसार नेपालको भूभाग भित्र पर्ने महाकाली नदि बेसिनमा १४३ वर्ग किलोमिटर क्षेत्रफल भएको ८७ हिमनदीहरू जसले र १० घन किमीको अनुमानित बरफ भण्डार गर्दछ। कर्णाली नदी बेसिनमा १,७४० वर्ग किलोमिटर क्षेत्र ओगट्ने १,३६१ हिमनदीहरू र १२८ घन किमीको अनुमानित बरफ भण्डार छ। गण्डकी नदी बेसिनमा १,०२५ ग्लेशियरहरू छन् जसमा २,०२९ वर्ग किलोमिटर क्षेत्रफल छ र १९१ घन किमीको बरफ भण्डार छ। त्यसैगरी कोशी नदी बेसिनमा १,४१० वर्ग किलोमिटर क्षेत्रफलका १५२ घन किमी को अनुमानित बरफ भण्डार भएको ७७९ हिमनदीहरू छन्। नेपालमा जम्मा ३,२५२ हिमनदीहरू छन्, जसले ५,३२२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ जसमा लगभग ४८१ किलोमिटर बरफको भण्डार छ। सबैभन्दा ठूलो हिमनदी कोशी बेसिनमा रहेको खुम्बु ग्लेसियर हो। यसको क्षेत्रफल १४५ वर्ग किलोमिटर छ । सन् १९९१ सम्मको अध्ययनद्वारा कुल २१ GLOF घटनाहरू पहिचान गरिएको थियो, जसमध्ये नौ घटनाहरू नेपालमा बग्ने नदीहरूको तिब्बती क्षेत्रमा भएको पाइएको थियो । केवल 14 GLOF घटनाहरूको मितिहरू ज्ञात भएको पाइएका छन्। यी मध्ये, पाँच GLOF घटना नेपाल भित्र भयो। सबैभन्दा भर्खरको घटना 12 जुन 2016 मा सगरमाथा क्षेत्रमा अवस्थित ल्होत्से ग्लेसियरमा अन्वेषकहरूले देखेका थिए ।
नेपालको सबै भन्दा लामो ग्लेसियर नोगुम्पा ग्लेसियार (Ngozumpa glacier) मा automatic weather station (AWS) राखिएको छ जसले सौर्य विकिरण, सापेक्षिक आर्द्रता, हावाको तापक्रम, माटोको तापक्रम, हावाको गति र दिशा, बयारोमेट्रिक चाप, उज्ज्वल ताप (radiant heat), र वर्षासहित डेटा रेकर्ड गर्नेछ। यसले ग्लेशियर रिट्रीटको (Glacier retreat) डाटा पनि संकलन गर्नेछ। यस्तै AWS उपकरण अन्य ठूला ग्लेसियारहरूमा पनि थप निर्माण गर्न आवश्यक छ ।
जोखिम कम गर्नका लागि कदम:
वास्तवमा, सरकारले यस्ता Cloudburst र GLOF बाट हुने प्रकोपलाई रोक्नको लागि पहिले नै कदम चाल्नु पर्ने हुन्छ । हिमालय तालहरूमा GLOF घटनाको प्रभावलाई कम गर्न, सरकारले तालहरूमा पूर्व चेतावनी प्रणालीहरू स्थापना थप गर्दै जानुपर्ने देखिन्छ । DHM ले नेपालमा हिमनदी तालहरूमा वास्तविक-समय सतर्कताका लागि प्रारम्भिक चेतावनी प्रणाली स्थापना गर्ने गरेको भए पनि अझै पर्याप्त संख्यामा गर्न सकेको देखिँदैन । यसका लागि सम्बन्धित निकायसँगको सहकार्यमा यस्ता घटनाहरूको भविष्यवाणी गर्ने क्षमतामा सुधार गर्ने प्रयासलाई तीब्रता दिइनु पर्छ ।
हिमतालहरू र हिमालहरूमा मौसमको निरन्तर अनुगमन गरि ठूला बाँध आयोजनाहरूले समयमै सक्रिय प्रतिक्रियासहित त्यस्ता प्रकोपहरूलाई रोक्नको लागि महत्त्वपूर्ण हुन्छ। हिमतालहरू ओभरफ्लो भएको जानकारी समयमै प्राप्त गरियो र माथिको पानी आउनुअघि नै बाँधका ढोकाहरू खोलियो भने ठूला विपद्‌बाट बच्न सकिन्छ। यसले उपत्यकामा बाढी निम्त्याउन सक्छ, तर पूर्वाधारको ठूलो विनाश गर्दैन ।
विद्युत विकास विभागले नेपालको ठूलो ग्लेसियर भएको नदी बेसिनमा जलविद्युत आयोजनाहरूको लाइसेन्स धमाधम दिँदै गर्दा तेस्ता नदि बेसिनमा भएका ग्लेसियरको अध्धयनमा कडाइ गर्ने, नदीमा बन्ने ठूला बाँध र अन्य संरचनाहरू GLOF FLOOD बहन क्षमता पर्याप्त हुनेगरि डिजाइन गर्नुपर्ने प्रावधानमा गहन अनुगमन गर्नु पर्ने हुन्छ । तत्तत् आयोजनाहरूले आफ्नो तल्लो तटीय क्षेत्रको लागि DAM BREAK ANALYSIS गरि HAZARD MAP बनाउनुका साथै Early warning system निर्माण गर्न अनिवार्य छ ।
साथै ग्लेसियर भएको बेसिनमा ROCK FILLED DAM बनाउनु गलत निर्णय हुन सक्छ वा ROCK FILL DAM बनाए पनि GLOF को Probabale Maximum Flood (PMF) बहन क्षमताको spillway बनाउनु पर्ने हुन्छ जुन यस्तो बाधमा पुरा गर्न असम्भव जस्तै हुन्छ । नदीको प्राकृतिक बहावलाई सकेसम्म यथावत राखि GLOF को बाढी बहन गर्न सक्ने क्षमता भएको हेडवर्कस निर्माण गर्नु नै उचित उपाय हो ।
(लेखक भेरी बबई डाइभर्सन बहूउदेशीय आयोजनाका इन्जिनियर हुन् ।)