वातावरण

हात्ती आतंक नियन्त्रण गर्न माग

इकागज | फागुन १२, २०७९

मकवानपुर - नेकपा एमालेका सांसद महेशकुमार बर्तौलाले मकवानपुरको मनहरी गाउँपालिकामा ‘एमगज’ नामक हात्तीको आतंक बढेको भन्दै हात्ती आत्ंक नियन्त्रण गरी पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् । 

प्रतिनिधिसभाको आजको बेठकमा समय मागेर उनले एमगज हात्तीको आक्रमणबाट हालै मनहरि–४ निवासी ६४ वर्षीय राधा अधिकारीको मृत्यु भएको भन्दै हात्ती आतंक नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । हात्तीले स्थानीय जनताको घर भत्काउने, बाली नष्ट गर्ने र विद्यार्थीलाई विद्यालय जान त्रास बढेको भन्दै सांसद बर्तौलाले हात्ती आतंक नियन्त्रण गर्न वन तथा निकुञ्ज विभागका कर्मचारीले चासो नदिएको गुनासो गरे । 

नागरिक उन्मुिक्त पार्टीका सांसद अरुणकुमार चौधरीले मुलुकमा लागुऔषध दुव्र्यसन बढ्दै जाँदा देशको आर्थिक अवस्थामा समेत प्रतिकूल असर परिरहेको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गरे । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकार गठन भएको दुई महिना बितिसक्दा पनि संवैधानिक परिषद्को गठनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । रासस

न वर्षा न हिमपात

इकागज | फागुन ९, २०७९

मनाङ - यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो । तर वर्षा भएन। पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा प...

सरकारी गाडी नै वायु प्रदूषण बढाउन सक्रिय, बढी धुवाँ फाल्ने ११ सवारीसाधन ट्राफिकको कारबाहीमा

इकागज | माघ ४, २०७९

काठमाडौँ- उपत्यका ट्राफिक प्रहरी महाशाखाले मापदण्ड भन्दा बढी धुवाँ फाल्ने सरकारीसहित निजी सवारीसाधनलाई ...

चिसोले घटे पर्यटक

इकागज | पुस २८, २०७९

रसुवा - हिमाली क्षेत्रमा चिसोपन बढेसँगै आन्तरिक एवं बाह्य पर्यटकको आगमन घटेको छ । गोसाइँकुण्डको तीर्थलगा...