वातावरण

राष्ट्रका लागि दुई घण्टे अभियान सुरु

इकागज | चैत ४, २०७९

भक्तपुर - भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।

अभियानअन्तर्गत आज अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाइ अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिए ।  

अभियानका प्रमुख सल्लाकार पूर्वउद्योगमन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका–१ का वडाध्यक्ष बाबुकाजी डङ्गोल, बागमती सफाइ अभियानका डा राजु अधिकारीलगायतको सहभागितामा सफाइ गरिएको हो ।

अभियानमा नेपाल फूलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासंघलगायत विभिन्न संघसस्था र व्यक्तित्वहरूको  सहभागिता थियो । आगामी हप्ताको शनिबार कौशलटार चोकमा सरसफाइ गरिने अभियन्ता रञ्जितले बताए । 

नाम्चेमा 'जलवायु परिवर्तनले महिलामा परेको असर’ विषयक अन्तर्क्रिया हुने

इकागज | फागुन १९, २०७९

काठमाडौँ- अन्तर्राष्ट्रिय नारी दिवसरको अवसरमा सगरमाथाको नाम्चेमा जलवायु परिवर्तनले महिलामा परेको असर&rs...

बन्चरेडाँडा : फोहोरको लेदो कोल्पु खोलामा, फेरि आन्दोलन गर्ने तयारीमा प्रभावित क्षेत्रका बासिन्दा

अतिन आचार्य | फागुन १७, २०७९

काठमाडौँ- नुवाकोटको बञ्चरेडाँडामा राखिएको फोहोरबाट निस्कने लेदो फोहोर खोलामा फाल्न थालिएको...