वातावरण

मनसुन थप दुई प्रदेशमा प्रवेश

इकागज | असार १०, २०७९

काठमाडौँ- यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ ।

प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै मनसुन प्रवेश भएको प्रदेश छ वटा पुगेको छ ।

देशका बाँकी रहेको भू-भागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने सम्भावना रहेको विभागले जनाएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू-भागमा प्रवेश गरेको थियो ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोहीअनुसार नियमितरूपमा अद्यावधिक गर्दै जाने बताइएको छ ।

२० जना अझै बेपत्ता, पुननिर्माणमा र पुनर्स्थापनामा सरकारको बेवास्ता

आदित्य दाहाल | असार २, २०७९

काठमाडौँ- २०७८ असार १ गते आएको बाढीले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु ठूलो मानवीय र भौतिक क्षत...

काठमाडौँको फोहोर राति मात्र लैजान पाउने गरी स्थानीयसँग सहमति (पत्रसहित)

इकागज | जेठ २७, २०७९

काठमाडौँ- अबदेखि काठमाडौँ उपत्यकाको फोहोर रातिमात्र व्यवस्थापन गर्न लैजाने गरी काठमाडौँ महानगरपालिका र...