Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

वातावरण

हुम्लामा बिहानैदेखि हिमपात

इकागज | फागुन ११, २०७८

हुम्ला- जिल्लाको सदरमुकाम सिमीकोटमा आज बिहानदेखि हिमपात भएको छ । यसबाट हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट  उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएकाे विमानस्थलले जनाएको छ ।  सदरमुकाम सिमीकोटमा पुस–माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । 

 त्यस्तै  हिमपातका कारण  सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषकहरू रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने, 'यसपटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।'

 यसैबीच नाम्खा गाउँपालिकाका वडा १ देखि वडा नं ५ सम्मका कृषकहरुलाई निःशुल्क स्याउका बिरुवा वितरण गरिने भएको छ । यसका लागि १२ हजार ५०० विरुवा जुम्लाबाट यहाँ ल्याइएको छ । हवाई मार्गबाट स्याउका विरुवा ल्याएको कृषि प्राविधिक शर्मिला शाहीले जानकारी दिइन् ।  रासस