वातावरण

यी चार प्रदेशका उच्च भागमा हिउँ पर्ने

इकागज | पुस ८, २०८०

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। 

 दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राती भने कोशी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन तथा देशभरिको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक उपायहरू अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ । 

सरकारसँग बालबालिकाको आग्रहः जलवायु परिवर्तनले पारेको प्रभाव न्यूनीकरण गरिदिनुस्

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - बालबालिकाहरुले जलवायु परिवर्तनका कारण बालबालिकाहरुमा परेको प्रभाव न्युनीकरणका लागि प...

फोहोरका कारण सिसडोल र ओखरपौवाका स्थानीयवासीलाई रोग, अनाज उम्रन र फल्नै छाडे

इकागज | मंसिर १७, २०८०

काठमाडौँ - २०६२ सालमा नुवाकोट सिसडोल र ओखरपौवाका स्थानीयहरुले बञ्चरेडाँडा र सिसडोल क्षेत्रमा लड्ड...