फुटबल

भारतमा सावित्रा भण्डारीको कीर्तिमान

इकागज | बैशाख ३०, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारीले भारतीय महिला लिगको एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छन् ।

महिला लिगअन्तर्गत शुक्रबार सावित्रा आवद्ध गोकुलम केरला एफसीले मुम्बई नाइट्सलाई ११-१ गोलअन्तरले पराजित गर्दा सावित्रा एक्लैले ७ गोल गरिन् । यससँगै सावित्राले भारतीय महिला लिगको एकै खेलमा सर्वाधिक गोल गर्ने कीर्तिमानको बराबरी गरेकी छन् ।

यसअघि २०१९ मा मणिपुर पुलिसका लागि खेलेकी भारतीय फुटबलर बाला देविले कट्टकविरुद्धको खेलमा ७ गोल गरेकी थिइन् । भारतीय महिला लिगमा सावित्रा सर्वाधिक ९ ह्याट्रिक गर्ने खेलाडी समेत हुन् ।

बाला देविले भने ७ ह्याट्रिक पूरा गरेकी छन् । बाला देविले दुई वटा डबल ह्याट्रिक पूरा गर्दा सावित्राले भने एक डबल ह्याट्रिक गरेकी छन् ।

जारी लिगमा सावित्राले सर्वाधिक २६ गोल गरिसकेकी छन् । 

अर्जेन्टिनी प्रशिक्षक स्कालोनी भन्छन्, ‘मेस्सीलाई केवल खुसी देख्न चाहन्छु’

इकागज | बैशाख २७, २०८०

काठमाडौँ- अर्जेन्टिना राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले आफ्ना स्टार फरवार्ड लियोनल मेस्...

अर्जेन्टिनी फुटबल स्टार मेस्सीले साउदीकाे क्लबबाट खेल्ने

इकागज | बैशाख २६, २०८०

काठमाडौँ- अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले साउदी अरेबियन क्लबबाट खेल्ने भएका छन् । मेस्सीले साउदीक...