सुशासन

महान्यायाधिवक्ता पोखरेलले दिए राजीनामा

इकागज | साउन १, २०८१
काठमाडौँ- महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा दिएका हुन् । उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।