सरकार

बालुवाटारमा प्रधानमन्त्री देउवा र काठमाडौँका मेयर शाहबीच भेटवार्ता, फोहोर व्यवस्थापनबारे छलफल

इकागज | जेठ २६, २०७९

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच भेटवार्ता भएको हो ।

भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले मेयर शाहलाई बोलाएर काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्री देउवाले मेयर शाहलाई फोहर व्यवस्थापनमा जुट्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको बताए। स्थानीयसँग सहमति गरेर अघि बढ्न र सरकारले गर्नु पर्ने कुरामा पछि नहट्ने बताउँदै देउवाले विभागिय मन्त्रीलाई निर्देशन दिने बताए ।

नियमित उठ्न नसकेपछि काठमाडौँ उपत्यकामा लामो समयदेखि फोहोर थुप्रिएको छ । फोहोर विसर्जन गरिँदै आएको बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् । गत आइतबार सरकार, महानगर र प्रभावित क्षेत्रका जनप्रतिनिधिबीच सहमति भए पनि स्थानीयले अवरोध जारि राखेका छन् । 

फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मन्त्रालय, महानगर र प्रभावित क्षेत्रका वासिनेदासँग भोलि फेरि छलफल हुँदैछ । 
 

निजामती कर्मचारीको दरबन्दी दश प्रतिशत कटौती गर्ने सरकारको तयारी

इकागज | जेठ २५, २०७९

काठमाडौँ - सरकारले निजामती कर्मचारीको संख्या कटौती गर्ने तयारी थालेको छ। प्रशासनिक खर्च कम गर्न सरकारले...

नेपाल प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

इकागज | जेठ २३, २०७९

काठमाडौँ - सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरी...

बिमस्टेकका चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रबीच एकता आवश्यक : प्रधानमन्त्री देउवा

इकागज | जेठ २३, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको ...