हलिउड/बलिउड

टाइटानिक फेम अभिनेता बर्नार्ड हिलको निधन

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल सन्‌ १९९७ को फिल्म 'टाइटानिक'मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए । 

उनले 'टाइटानिक' र 'द लर्ड अफ द रिङ्स: द टू टावर्स' बाहेक बर्नार्ड हिलले 'द स्कर्पियन किंग', 'द ब्वाइज फ्रम काउन्टी क्लेयर', 'गोथिका', 'विम्बल्डन', 'द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, 'जोय डिभिजन', 'सेभ एन्जल होप', 'एक्सोडस' र 'वाल्कीरी' जस्ता फिल्ममा अभिनय गरेका थिए । 

उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि उनले २००४ मा द लर्ड अफ द रिङ्स्‌: द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।