घटना-दुर्घटना

डुंगा पल्टिँदा बेपत्ता भएका दर्लामीको शव फेला

इकागज | मंसिर २०, २०८०

सुर्खेत - डुंगा पल्टिँदा बेपत्ता भएका चौकुने गाउँपालिका-५ तोस्रा बस्ने ५८ वर्षीय नन्दराम दर्लामीको शव फेला परेको छ । मंसिर ११ गते साँझ कर्णाली नदीमा डुंगा पल्टिँदा उनी बेपत्ता भएका थिए ।

तत्कालदेखि खोजी गर्ने क्रममा सोही गाउँपालिका-१० कुमालाको धुरखोलास्थित नदी छेउमा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुल बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

इकागज | मंसिर ९, २०८०

काठमाडौँ- उदयपुरमा वनभाेज खाएर फर्किने क्रममा स्कुलको बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृ...